२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

तिहारको चार दिनसम्म पिएको रक्सीले लियो महिलाको ज्यान

२०७३, १८ कार्तिक बिहीबार १४:१६

प्रेम सुनार । कात्तिक १८, गुल्मी | तिहारको चार दिन सम्म लगातार मदिरा सेवन गरेपछि भाई टिकाको दिन मृत्यु भएकी महिलाको शव आज सदरमुकाम ल्याईएको छ । गुल्मीको ठुलोलुम्पेक गाविस वडा नम्वर– १ खेदडाँडाडाकी ५४ वर्षिया तुलकुमारी फौजा मगरको आफ्नै घरमा मृत फेला परेको शव आज जिल्ला प्रहरी कार्यालय गुल्मीको टोलिले सदरमुकाम ल्याएको हो । 

उनका श्रीमान रामबहादुर फौजा र उनका छोरा नेत्रबहादुर फौजाका अनुसार ४ दिन देखि लगतार मदिर सेवान गरेर वसेकी तुलकुमारीलाई गए राती परिवारले घरको कोठामा नाक र मुखबाट तरल पदार्थ बगेको र हात खुट्टा खुम्चीएको  अवस्थामा मृत फेला पारेका थिए । 

छोरा नेत्रबहादुरकाले आमाले कहिले लगतार एक–डेढ महिना सम्म मदिरा सेवन गर्ने त कहिले चट्ट छाड्ने गरेको बताए । मृतक महिलाका चार छोरी र एक छोरा रहेको बताईएको छ । यसै विच गए राती गुल्मीको पुर्कोटदहमा एक जना मदिरा सेवन गर्ने व्यक्ति विष सेवन गरी मृत्यु भएको प्रहरीले जनाएको छ । 

पुर्कोटदह–८ का  ४१ वर्षिय दिपबहादुर ओली घरकै कोठामा विष सेवन गरी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ । निजको शव सदरमुकाम तम्घास ल्याईदै गरेको बताईएकोले थप विवरण आउन बाँकी रहेको छ ।  मृतकका घरमा दुई छोरा एक श्रीमति रहेको  प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित