2026-11-04 11:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

यस वर्षका लागि इन्द्रजात्राको साइत यस्तो छ !

भदौ २०, काठमाडौँ । यँःया (इन्द्रजात्रा) मूल समारोह समिति र यँःया (इन्द्रजात्रा) व्यवस्थापन समितिका पदाधिकारीहरुका बिचमा जात्रा सञ्चालन, व्यवस्थापन र समन्वयका विषयमा छलफल भएको छ ।

सहरी योजना आयोगको सभा कक्षमा भएको छलफलमा यस वर्षका कार्यक्रम सञ्चालन गर्न विगत वर्षका क्रियाकलाप र खर्च समीक्षा गरिएको थियो । वैठक यस वर्षका क्रियाकलापलाई  स्वचालित बनाउने, गुठियार तथा साझेदारहरुलाई प्रोत्साहित गर्ने, श्रद्धालु र जात्रा अवलोकनका लागि आउनेहरुको अवलोकन सहज बनाउने विषयमा केन्द्रित थियो ।

गएका बर्षहरुमा जात्रा सञ्चालनका लागि प्रदान गर्नु पर्ने रकम समयमा प्राप्त हुन नसकेकोले कार्य सञ्चालन कठिन भएको व्यवस्थापन समितिका पदाधिकारीले गुनासो गरेपछि समितिका संयोजक आशामान संगतले, खर्च नभएका कारण जात्राका क्रियाकलाप नरोकिने बताए । ‘खर्च नभएकै कारण यस अघि रोकिएका क्रियाकलापलाई हामी पुनःस्थापना गर्दैछौँ । राष्ट्रिय पर्वका क्रियाकलाप रोकिन दिन त कुरै आउँदैन ।’ उनले थप गर्दै भने, ‘कुरा यत्ति हो । सार्वजनिक कोषबाट हुने खर्च प्रचलित कानुनले निर्दिष्ट गरेको व्यवस्थाबमोजिम हुन्छ ।’ आफ्नो भौगोलिक क्षेत्रभित्र सञ्चालन हुने हरेक जात्रा र पर्वको महानगरपालिकाले अभिभावकत्व लिने संयोजक संगतको भनाइ थियो । 

बैठकबाट जात्रा सञ्चालनका लागि उत्साहित भएका छौँ । व्यवस्थापन समितिका अध्यक्ष गौत्तमरत्न शाक्यले भने, ‘महानगरपालिका र व्यवस्थापन समिति एकै ठाउँमा भएर जात्रा सञ्चालन गर्दैछौँ । यसबाट व्यवस्थापनमा सहजता आउनेछ ।’

वैठकमा जात्रा सञ्चालन कोषमा रकम उपलब्ध गराउने, गुठियारहरुलाई परेका समस्याको सुनुवाई गरेर सहजीकरण गर्नेलगायत विषयमा कुराकानी भएको थियो । समितिका उपाध्यक्ष दिपकप्रसाद श्रेष्ठले भने, ‘समयमा निर्णय गर्न पाए जात्राका क्रियाकलापको तयारीलाई व्यवस्थित गराउन सकिन्छ । हतारमा हुने काममा केही न केही छुट्छ नै ।’     

यस वर्षका लागि इन्द्रजात्राको साइत आइसकेको छ । यसअनुसार भोलि विहान १० बजेर ४७ मिनेटको साइतमा हनुमान ढोकाबाट वनयात्रा सुरु हुन्छ । वेलुका ८ बजेर २७ मिनेटको साइतमा वृक्षकर्तन हुन्छ । 

२६ गते बुधबार विहान १० बजेर ३२ मिनेटको साइतमा लिङ्गो सहर प्रवेश गराइन्छ । भदौ ३० गते आइतबार विहान ८ बजेर २६ मिनेटको शुभ साइतमा इन्द्रध्वज उत्थान हुन्छ । 

असोज १ गते मंगलबार कुमारी रथ यात्रा सुरु हुन्छ । यस दिन राष्ट्रप्रमुखसहित विशिष्ट पदाधिकारीहरुले गद्दी बैठकबाट कुमारीको दर्शन गर्ने चलन छ । यस दिन तल्लो टोलमा रथ यात्रा हुन्छ । असोज २ गते बुधबार माथिल्लो टोलमा रथ यात्रा हुन्छ । असोज ५ गते शनिबार नानिचा यात्रा हुन्छ । यसै दिन राती १० बजेर ३१ मिनेटको साइतमा इन्द्रध्वज ढालेपछि जात्राका कार्यक्रम सकिन्छन् ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डेभिड मिलर एनपीएल खेल्न काठमाडौँ आइपुगे, कर्णाली याक्समा आबद्ध सुनको मूल्य बढ्यो, चाँदीको घट्यो आजको मौसम: आंशिक बदलीसँगै हल्का वर्षाको सम्भावना पोखराले गुमायो छैठौँ विकेट एमालेसहित सबै कम्युनिस्ट शक्तिहरू एकजुट हुनुपर्छ : प्रचण्डको आह्वान मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक युक्रेनमा रुसी आक्रमण : मृत्यु हुनेको सङ्ख्या २९ पुग्यो, ४८ जना बेपत्ता एनपीएल : टस जितेर लुम्बिनीले रोज्यो बलिङ, पोखरा पहिले ब्याटिङ गर्दै छिटो र सहज न्यायका लागि मेलमिलापसम्बन्धी विधेयक ल्याइएको हो : कानूनमन्त्री गौतम एनपीएल : विराटनगरसँग जनकपुर २ रनले पराजित डोल्पा कारागारबाट सुरुङ खनेर भागेका ८ कैदीमध्ये दुई जना पक्राउ कांग्रेसको आन्तरिक विषयमा हस्तक्षेप नगर्नू : देवराज चालिसे एनपीएल : विराटनगरद्वारा जनकपुरलाई १७५ रनको लक्ष्य सरकारको कार्यशैलीमाथि कांग्रेसको प्रश्न, संसद्‌मै छलफल गर्न माग एनपीएल : जनकपुरविरुद्ध इमरान शेखको अर्धशतक रुपन्देहीमा महिला हत्या प्रकरण : चार जना पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै एनपीएल : टस जितेर जनकपुरले रोज्यो बलिङ, विराटनगर पहिले ब्याटिङ गर्दै ट्रम्पको लोकप्रियताको परीक्षा : अमेरिकामा आज मध्यावधि निर्वाचन जुनसुकै कम्पनीको ग्यास सिलिन्डर साट्न पाउनुपर्ने माग गर्दै सर्वोच्चमा रिट