2026-07-25 11:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नेपाल प्रहरीका डिएसपी हेमबहादुर शाही सिंगापुर प्रहरीको खोजीमा, के हो मुद्दा ?

भदौ २३, काठमाडौँ । नेपाल प्रहरीका डिएसपी हेमबहादुर शाहीसहित तीन नेपाली सिंगापुर प्रहरीको खोजीमा परेका छन्। आतंकवादसँग जोडिएको आर्थिक कारोबारमा संलग्न रहेको आशंकामा सिंगापुर प्रहरीले डिएसपी शाही, कैलालीका दीपेन्द्रबहादुर शाह र कालीकोटका महेन्द्रजंग शाहलाई  इन्टरपोलमार्फत सोधखोज गरेको हो। सिंगापुर प्रहरीले नेपाल प्रहरीसँग उनीहरुको पृष्ठभूमि र अन्य विवरण मागेको छ। यसबारे नेपाल प्रहरीले पनि आन्तरिक अनुसन्धान गरिरहेको छ। 

के हो अपराध ?

एनआरएन मलेसियाका पूर्वअध्यक्षसमेत रहेका जंगबहादुर लामो समयदेखि मलेसियामा बस्दै आएका छन्। दीपेन्द्रबहादुर शाह माओवादीका स्थानीय नेता हुन् । महेन्द्र उनका काकाका छोरा हुन्। दीपेन्द्र गत स्थानीय तह निर्वाचनमा बाँकेको बैजनाथ गाउँपालिका अध्यक्षका उम्मेदवार थिए। 

डिएसपी शाही हाल सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत छन्। इलाका प्रहरी कार्यालय कोहलपुरको इन्चार्ज हुँदा हेम र दीपेन्द्रको परिचय भएको थियो। त्यसपछि हेम दिपेन्द्रको निम्तोमा मलेसिया घुम्न पुगेका थिए।

महेन्द्र लामो समयदेखि नेपालमा अवैध मानिएको क्रिप्टो कारोबारमा समेत देखिएका थिए। उनीमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले समेत निगरानी गरेको थियो। उनलाई करिब आठ वर्षअघि नै मलेसियाबाट डिपोर्ट गरेर त्रिभुवन विमानस्थलस्थित प्रहरीलाई जिम्मा लगाएको समेत खुलेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ