2026-09-22 10:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

काठमाडौँमा दुई जना मृत फेला

भदौ २३, काठमाडौँ । राजधानी काठमाडौँमा पछिल्लो २४ घण्टामा दुई जना मृत अवस्थामा फेला परेका छन् ।

नेपाल प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका-३१ सुकुम्वासी १ नम्बर पानी ट्याङ्की नजिकै बाग्मती खोला किनारमा एक जना पुरुषको शव शनिबार फेला परेको हो । उक्त शव सिन्धुली कमलामाई नगरपालिका-११ घर भई काठमाडौँ नरदेवी बस्ने ४९ वर्षीय केदार बहादुर खड्काको रहेको खुलेको छ ।

यसैगरी काठमाडौँ महानगरपालिका-२६ रानीबारी कुमारी टोल डेरा गरी बस्ने तनहुँ शुक्ला गण्डकी नगरपालिका-८ घर भएका ५० वर्षीयको लोकेन्द्र महत पनि आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेका छन् । 

उता रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-९ भानुपथस्थित घरको आँगनमा सोही नगरपालिका-९ गोलीगढ बस्ने ५० वर्षीय धर्मेन्द्र सिंह शनिबार मृत अवस्थामा फेला परेका छन् । यस्तै दोलखाको भिमेश्वर नगरपालिका-७ चर्नावती सामुदायिक जङ्गलमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी १४ वर्षीय बालक शनिबार मृत अवस्थामा फेला परेका छन् । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो