2026-07-25 09:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिरहा बन्यो लागुऔषधको हव, तीन दिनमा पाँच क्विन्टलबढी गाँजा बरामद

भदौ २३, सिरहा | मुकेश कुमार यादब। पछिल्लो समय सिरहा जिल्ला प्रतिवन्धित लागुऔषधको अखडा नै बनेको पाईएको छ। खुल्ला सिमानाका भएका कारण जिल्लाको विभिन्न नाकाहरुबाट तस्करहरुले भारतीय वजार सम्म प्रतिवन्धित लागुपदार्थ गाँजा पुर्याउने र भारतीय वजारबाट बा्रउन सुगर, कोरेक्स, टयावलेटहरु लगायतको लागुऔषधहरु भित्राउने गरेको पाइएको हो।

जिल्लाको उत्तरीक्षेत्र बन्दिपुर, कर्जन्हा, मिर्चैया, गोलवाजार, धनगढी,  तरेगना गोविन्दपुर, लाहन लगायतका क्षेत्रहरुबाट तस्करहरुले ठुलोमात्रामा गाँजा खरिदगरी भरीया प्रयोग गरी भारतीय बजार पुर्याउने गरेको स्थानियहरु बताउछन्।

सिरहा प्रहरीले आजमात्रै कर्जन्हा नगपालिका ११ बाट घरको अगाडी झाडीबाट दुई सय ९० केजी गाँजासहित एकजनालाई नियन्त्रणमा लिएको छ। गत २१ गते विशेष सूचनाको आधारमा प्रहरीले कर्जन्हा नगपालिका ११ स्कूलटोलमा रहेको चानो देवी मुखियाको घरबाटै २ सय १७ किलो गाँजा सहित तिनजनालाई नियन्त्रणमा लिएको थियो। तीन दिनमा प्रहरीले पाँच क्विन्टलबढी प्रतिवन्धित लागु गाँजा बरामद गरेको छ। एकैगाँउबाट यति ठुलो परिमाणमा गाँजा बरामद हुनुलेपनि सिरहा जिल्ला लागुऔषधको हव नै रहेको पुष्टि गर्छ।   

गत २१ गते शुक्रवार गोप्य सुचनाको आधारमा प्रहरी चौकी कर्जन्हा र इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलिले उक्त परिमाणको गाँजासँगै कारोवारमा संलग्न रहेको आशंकामा चार जनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी पंज कुमार बाखुले जानकारी दिए। 

प्रहरीले शुक्रवार गाँजासँगै ओसार–पोसारमा संलग्न रहेको आशंकामा भारतको विहार राज्य, जिल्ला मधुबनि बलरा थाना १२ नम्वर वडाका २० वर्षिय किसुन मुखिया, मकवानपुर मनहरी गाउँपालिका ९ का ६२ वर्षिय खडक बहादुर तामाङ र स्थानीय ४० वर्षिया चानो देबी मुखिया र आज गाँजा सहित अनुसन्धानकालागी एक जना गरी चारजनालाई नियन्त्रणमा लिएको मिर्चैयाका प्रमुख डीएसपी बाखुले बताए।

उनले भने, ‘ आज प्रक्राउ गरेको व्यतिm अहिेले अनुसन्धान भैईरहेकोले नाम सार्वजानिक गर्न नमिल्ने बताए। उनले, ‘अहिले आशंकाको आधारमा पक्राउ गरिएपनि मुख्य कारोवारीहरुको पहिचान भईरहेकोले उनीहरुलाई पनि चाँडै पक्राउ गर्ने बताए। 

प्रहरीले शुक्रवार पक्राउपरेकाहरुसँगको अनुसन्धानका आधारमा थप गाँजा र मानिस नियन्त्रणमा लिएको बताइएको छ। प्रहरीले यस सम्वन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

सिरहामा  अहिले भारतीय र नेपाली समेत शक्रिय भएको स्रोतले जनाएको छ। स्रोतका अनुसार प्रहरीले वरामद गरेका गाँउमा तस्करहरुले करिव १० क्विन्टल भन्दाबढी प्रतिवन्धित लागुऔषध गाँजा भित्रयाईएको छ। 

यो गाँउमा मात्र नभई लोकमार्गको उत्तरी क्षेत्रमा पर्ने गाँउहरुमा अहिले भारतीय तस्करहरुले सयौँ क्विन्टल गाँजा खरिद गरी राखेको सा्रेतको दावी छ। खरिद गरिएको गाँजा भरीया, स्कुल वस र एम्वुलेन्समा प्रहरीकै सेटिङमा भारत वजार सम्म पुग्ने गरेको स्रोतको भनाई छ। 

सिरहामा करिव १५ वर्ष उमेर देखी ३५ वर्ष उमेर समुहका हजारौं युवाहरु लागुऔषधको कुलतमा फसेको जानकारहरु बताउछन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ