2026-09-22 10:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

दुबईबाट काठमाडौं ओर्लिएका २ महिलालाई पछ्याएर लुटपाट, ३ जना पक्राउ

भदौ २३, सिरहा | दुबईबाट काठमाडौं ओर्लिएका दुई महिलालाई पछ्याउँदै लुटपाट गरेको आरोपमा ३ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा खोटाङको दिक्तेलका ३३ वर्षीय प्रकाश भन्ने विकाश श्रेष्ठ, रामेछापको लिखु तामाकोशीका २८ वर्षीय गुन्दास भन्ने मनोज भुजेल र बाजुराको त्रिवेणीका ३२ वर्षीय डम्मलाल पाध्याय रहेका छन्।

एक जना फरार रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता काजि आचार्यले जानकारी दिए। प्रहरीका अनुसार साउन २९ गते दिउँसो उक्त गिरोहले २ थान आईफोन-१५, सामसुङ कम्पनीको दुई सेट मोबाइल, एप्पल कम्पनीको एक थान ल्यापटप र २ तोला दरको दुईवटा सिक्री लुटेको थियो।

घटनाका अनुसन्धानमा खटिएका एक अधिकारीका अनुसार उक्त गिरोहले आफुलाई प्रहरी बताउँदै नियमविपरित ल्याइएको सामान भन्दै लुटेका थिए।

घटनाको केही समयपछि मात्र पिडितले प्रहरीमा उजुरी गरेका थिए। प्रहरीले घटनामा प्रयोग भएको २ सय २० र २ सय सिसिको पल्सर मोटरसाइकल पनि बरामद भएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो