Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
September 9, 2024 समाज

देउवा आएसँगै सत्ता साझेदारको बैठक बालुवाटारमा सुरु

By साझासवाल 2 मिनेट पढाइ

<p><b>भदौ २४,&nbsp; काठमाडौँ ।</b>&nbsp;सत्ता साझेदार दलको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा निर्धारित समय भन्दा ढिला गरी बैठक सुरु भएको हो । यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा निर्धारित समयमा नआएपछि बैठक सुरु हुन ढिलाइ भएको थियो ।</p><p><img src="https://sajhasabal.com/wp-content/uploads/2024/10/dd3deb222f1ff703e6eae85b5c04647b1725880433.jpg" style="width: 800px;"><br></p><p>बैठक अपराह्न ४ बजेका लागि तय भएकोमा देउवा साढे ४ बजेमात्रै बालुवाटार पुगेको र त्यसलगत्तै बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सरकारको कामको मूल्याङ्कन, सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम बनाउने लगायतका विषयमा बैठकमा छलफल हुने बताइएको छ।</p>