९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

पाँचथरमा देउसीभैली खेल्ने क्रममा एक युवकलाइ छुरा प्रहार गर्नेलाई पक्राउ गरी मुद्दा

१९ कार्तिक २०७३, शुक्रबार ०६:३१

कात्तिक १९, पाँचथर । पाँचथरको फिदिमबजारमा देउसीभैली खेल्ने क्रममा एक युवकलाई छुरा प्रहारबाट गम्भीर घाइते बनाई फरार रहेका ६ जना आरोपितलाई प्रहरीले पक्राउ गरेको छ । 
गत कात्तिक १४ गते राति ताप्लेजुङ सव्लाखू–६ स्थायी घर भई हाल फिदिममा बस्दै आएका ‘श्री’ भन्ने एन्जल ताम्लिङलाई सो समूहले छुरा प्रहार गरी घाइते बनाएको थियो । उनको अहिले बी एन्ड सी हस्पिटल, विर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 
पक्राउ पर्नेमा फिदिम नगरपालिका–२ बस्ने जेनिस बाँस्कोटा, यामकुमार खवास, सनम राई, याङनाम–२ का मुकेश लिम्बू, रानीटार–१ का लक्षु लिम्बू र तेह्रथुम चुहानडाँडा–९ बस्ने १७ वर्षीय राज क्षेत्री भन्ने राजकुमार कटवाल रहेका छन् । 
उनीहरुलाई ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दर्ता गरी जिल्ला प्रहरी कार्यालय पाँचथरको हिरासतमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरी नायब उपरीक्षक नकुल पोख्रेलले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता