२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

पाँचथरमा देउसीभैली खेल्ने क्रममा एक युवकलाइ छुरा प्रहार गर्नेलाई पक्राउ गरी मुद्दा

२०७३, १९ कार्तिक शुक्रबार ०६:३१

कात्तिक १९, पाँचथर । पाँचथरको फिदिमबजारमा देउसीभैली खेल्ने क्रममा एक युवकलाई छुरा प्रहारबाट गम्भीर घाइते बनाई फरार रहेका ६ जना आरोपितलाई प्रहरीले पक्राउ गरेको छ । 
गत कात्तिक १४ गते राति ताप्लेजुङ सव्लाखू–६ स्थायी घर भई हाल फिदिममा बस्दै आएका ‘श्री’ भन्ने एन्जल ताम्लिङलाई सो समूहले छुरा प्रहार गरी घाइते बनाएको थियो । उनको अहिले बी एन्ड सी हस्पिटल, विर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 
पक्राउ पर्नेमा फिदिम नगरपालिका–२ बस्ने जेनिस बाँस्कोटा, यामकुमार खवास, सनम राई, याङनाम–२ का मुकेश लिम्बू, रानीटार–१ का लक्षु लिम्बू र तेह्रथुम चुहानडाँडा–९ बस्ने १७ वर्षीय राज क्षेत्री भन्ने राजकुमार कटवाल रहेका छन् । 
उनीहरुलाई ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दर्ता गरी जिल्ला प्रहरी कार्यालय पाँचथरको हिरासतमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरी नायब उपरीक्षक नकुल पोख्रेलले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश