2026-09-22 09:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

वाइफाइको पैसा तिर्ने कुरामा विवाद हुँदा श्रीमानले गरे श्रीमतीको हत्या, दुई छोरी घाइते

भदौ २६, काठमाडौँ ।  बारामा खुर्पा प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । पक्राउ पर्नेमा निजगढ नगरपालिका-९ का ४६ वर्षीय विमलकुमार बस्नेत छन् ।

उनले वाइफाईको रिचार्ज सकिएको विषयमा विवाद हुँदा ४० वर्षीया श्रीमती लक्ष्मी राईको हत्या गरेको पाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी प्रकाश सापकोटाले जानकारी दिए ।

घटनामा जेठी छोरी १८ वर्षीया गंगा र १५ वर्षीया जमुना घाइते भएका छन् । उनीहरुलाई थप उपचारको लागि काठमाडौं ल्याइएको छ ।

मंगलबार साँझ साढे ७ बजेतिर विमलकुमार मादकपदार्थ सेवन गरी आएपछि वाइफाईको रिचार्ज सकिएको विषयमा विवाद भएको थियो ।

चार दिनदेखि घरको वाइफाईमा रिचार्ज सकिएको थियो । लक्ष्मीले रक्सी खान पैसा हुने तर, वाइफाईमा रिचार्ज गर्न नहुने भनेपछि सुरु भएको थियो । विवादका क्रममा विमलले खुर्पा प्रहार गरी श्रीमतीको हत्या गरेको पाइएको डीएसपी सापकोटाले बताए ।

घटनामा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो