2026-09-22 09:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

माधव नेपालले पुष्पलाल प्रतिष्ठान कब्जा गरेको ओलीको आरोप

भदौ २६, काठमाडौँ । प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले पुष्पलाल प्रतिष्ठान कब्जा गरेको टिप्पणी गरेका छन् । आज (बुधबार) स्वर्गीय सुवासचन्द्र नेम्वाङको प्रथम वार्षिक स्मृति सभालाई सम्बोधन गर्दै उनले एकीकृत समाजवादीका अध्यक्ष नेपालले एमालेले बताएको पुष्पलाल प्रतिष्ठान नीजी सम्पत्तिजस्तो गरेको टिप्पणी गरेका हुन् ।

पार्टी विभाजनपछि उक्त प्रतिष्ठान एमालेलाई छोड्नुपर्नेमा अहिलेसम्म नछोडेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । उनले पुष्पलाल नभएर माधव नेपाल फुटेको टिप्पणी गर्दै प्रतिष्ठान एमालेले नै पाउनुपर्ने धारणा राखे ।

‘नेताका नाममा प्रतिष्ठान हुने, त्यो प्रतिष्ठान देशका लागि नहुने, पुष्पलाल प्रतिष्ठान पार्टीले बनाएको हो । खेलोफड्को गर्दै माधव नेपालजस्ता मान्छेहरु अध्यक्ष भए । पार्टीलाई त्यो प्रतिष्ठान सरक्क छोड्नुपर्ने ठाउँमा निजी सम्पत्तिजस्तो । पुष्पलालजी फुट्नु भएको हो र ? पार्टीबाट माधव नेपाल पो फुटेको त । पुष्पलाल प्रतिष्ठान बोकेर लिएर जाने ?’ उनले प्रश्न गरे ।

साथै, स्वर्गीय सुवास नेम्वाङको नाममा पनि प्रतिष्ठान बनाउने उनले उद्घोष गरे । उनले सुवास नेम्वाङको स्मृतिलाई ताजा राख्न र उनका आदर्शहरुलाई पछ्याउन प्रतिष्ठान आवश्यक रहेको बताए । ‘उहाँको स्मृतिलाई ताजा राख्नका लागि र उहाँको सम्झनामा, उहाँका आदर्शहरुलाई पछ्याएर कामहरु गरिरहनका लागि हामी सुवाचन्द्रजीका नाममा केन्द्रीय प्रतिष्ठान निर्माण गर्छौं भन्ने घोषणा गर्न चाहन्छु,’– उनले भने ।

साथै, नेताहरुको नामा खोलिएको प्रतिष्ठान उनीहरुको आशर्द, विचार, उनीहरुले हिडेको बाटो, आचरण, व्यबहारअनुरुप चल्नुपर्ने उनले बताए । अहिले निष्कृय रुपमा रहेका प्रतिष्ठानहरुलाई पनि सक्रिय बनाउने उनले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो