२०८३, २८ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

‘इकु’ बाट पीडित ४ जना सीआईबीमा, विदेश पठाउने भन्दै २० लाखसम्म ठगेकाे आराेप

२०८१, २६ भाद्र बुधबार ११:५३

भदौ २६, काठमाडौँ । कलाकार बनाएर विदेश लैजाने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका चर्चित हाँस्य कलाकार सुलेमान शंकर अहिले केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)को हिरासतमा छन्।

कलाकार बनाएर युरोपमा हुने सांस्कृतिक कार्यक्रममा लैजान्छु भन्दै पैसा उठाएको र तर नलगेको भन्ने उजुरीपछि इकुलाई नियन्त्रणमा लिइएको सीआईबी प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए।

सीआईबीका अनुसार इकुले ठगेको भन्दै ४ जना प्रहरी सम्पर्कमा पुगेका छन्। उनीहरु सबै पुरुष हुन्। विदेश पनि नलगेको र पैसा पनि नफर्किएको भन्दै उनिहरुले प्रहरीमा जाहेरी दिएका थिए।

सीआईबी प्रवक्ता बोगटीले विभिन्न मितिमा इकुले पीडितहरुबाट पैसा उठाएको बताए। ‘ उनीहरुको जाहेरी अनुसार अष्ट्रेलिया, क्यानडा र दक्षिण कोरियामा हुने सांस्कृतिक कार्यक्रममा लैजाने भन्दै पैसा उठाएको देखिन्छ’, बोगटीले भने।

पीडितहरुले कलाकार बनेर जान आफुले १५ देखि २० लाख रुपैयाँसम्म बुझाएको प्रहरीलाई बताएका छन्। त्यसका लागि उनीहरुले इकुको नाममा रहेको एसएमएस फ्लिम्स प्रालीका नाममा पैसा जम्मा गरेको दावी गरेका छन्। इकुले नक्कलि कलाकार बनाएर लैजान पैसा उठाएको बताइएको छ।

‘विकट क्षेत्रका मानिसहरुलाई राम्रो काम र आम्दानी हुने प्रलोभन देखाएर इकुले पैसा उठाएको देखिन्छ’, एक अनुसन्धान अधिकृतले भने। विदेश जाने प्रयोजनका लागि इकुले उनीहरुको बैंक स्टेटमेन्टहरु समेत नक्कली बनाउने गरेको र ‘कार्यक्रम तय हुँदै छ’ भनेर टार्ने गरेको पिडितले प्रहरीलाई बताएका छन्।

सीआईबीले ठगी अभियोगमा अदालतबाट म्याद लिएर अनुसन्धान सुरु गरेको छ। इकुलाई हिरासतमा राख्न पहिलो पटक ५ दिनको समय दिइएको छ। यसअघि चर्चित कलाकार राजेन्द्र खड्गीले ११ जनालाई कोरियामा छाडेर आएको आरोपमा केही वर्ष अघि सीआईबीले उनलाई पक्राउ गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चुनावमा कांग्रेसका लागि हारजित ठूलो कुरा होइन: विश्वप्रकाश शर्मा प्राविधिक समस्या नआए आजै एसईईको नतिजा आउने सुकुमवासी बस्ती हटाउने क्रममा ज्यान गुमाएका नागरिकको जिम्मा सरकारले लिनुपर्छ: खुश्बू ओली राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत प्रतिनिधिसभाको बैठकमा आठ अध्यादेश पेश प्रतिनिधिसभा बैठक फेरि ५ बजे बस्नेगरी स्थगित प्रधानमन्त्रीका तर्फबाट कानुनमन्त्रीद्वारा तीन अध्यादेश पेस सीमा बचाउन नसक्ने तर सेनाको दुरुपयोग गरेर आफ्नै गरिब जनतामा आतंक फैलाउनुको कारण के हो ?: हर्क साम्पाङ प्रधानमन्त्री नआएपछि कांग्रेसद्वारा राज्य व्यवस्था समिति बैठक बहिष्कार प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ विपक्षी दलहरूले उठेर विरोध जनाए बर्दियामा बस दुर्घटना हुँदा १० जना घाइते मन्त्रिपरिषद् बैठकबाट नीति तथा कार्यक्रम पारित मोटरसाइकलले ठक्कर दिँदा दुई जनाको मृत्यु मन्त्रिपरिषद् बैठक सुरु घट्यो सुनको मूल्य काठमाडौँसहित देशका केही स्थानमा वर्षा कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छ : राष्ट्रपति पौडेल हामीले सचेत गराउन छाड्यौं भने लोकतन्त्रको आत्मा मर्छ: गगन थापा बस र टिपर एकापसमा ठोक्किँदा १० जना घाइते सुकुमबासी बस्तीमा दमन भएको भन्दै माइतीघरमा विरोध प्रदर्शन