९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

शिक्षक राईको परिवारलाई पाँच लाख प्रदान

१९ कार्तिक २०७३, शुक्रबार ०६:५२

कात्तिक १९, खोटाङ । शिक्षक दीपक राई स्मृति सहयोग समितिद्वारा उनका दुई छोरीको शिक्षादीक्षाका लागि सङ्कलित पाँच लाख रुपैयाँ रकम प्रदान गरिएको छ । 

राईले अध्यापन गरेको चम्पावती उच्च माविमा बिहीबार एक कार्यक्रमको आयोजना गरेर उनकी श्रीमती सुनिता राईलाई रकम प्रदान गरिएको हो । प्राप्त रकम शिक्षक राईका दुई छोरीको नाममा बैंकमा खाता खोलेर राखिने जनाइएको छ । त्यसबाट आउने ब्याज उनीहरुको शिक्षादीक्षाका लागि खर्च गरिने सहयोग सङ्कलन समितिका सचिव राजेश चाम्लिङले बताउनुभयो । 

सहयोग रकमको चेक हस्तान्तरण गर्दै सचिव चाम्लिङले दीपक एक असल शिक्षक मात्र नभई असल राजनीतिक विचारका संवाहक पनि भएको बताउनुभएको थियो । सङ्कलित रकमबारे उहाँले भन्नुभयो, “कक्षा १२ सम्म उनका नानीले अध्ययन गरिसकेपछि रकम स्वतः उनीहरुलाई हस्तान्तरण गरिनेछ ।” 

सचिव चाम्लिङका अनुसार समितिले उनको परिवारले चाहेमा नानीहरुलाई काठमाडौँको निजी विद्यालयमा अध्ययन गराउने व्यवस्था पनि गरेको छ । परिवारको अभिभावक गुमाएपछि उनीहरुको शिक्षाले निरन्तरता पाउन कठिन भएको भन्दै काठमाडौँमा रहेका उनका सहयोगीले रकम सङ्कलन गरेका थिए । 

कार्यक्रममा अखिल नेपाल शिक्षक सङ्गठन, खोटाङका अध्यक्ष जय आचार्यले दीपकको नाममा कम्तीमा एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरी वार्षिकरुपमा एक मिहेनती शिक्षकलाई पुरस्कृत गर्ने व्यवस्था पनि गरिने बताउनुभयो । 

कार्यक्रममा विद्यालयका प्राचार्य खगेन्द्र राईले दीपक एक असल शिक्षक मात्र नभई सामाजिक कार्यकर्ता तथा राजनीतिक रुपमा पनि पार्टीको असल कार्यकर्ता भएको बताउनुभएको थियो । गत साउन २८ गते सामान्य निमोनियाको उपचार हुन नसक्दा ३३ वर्षको उमेरमा ज्यान गुमाएका दीपकको श्रीमतीसँगै पाँच र सात वर्षका दुई छोरी छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता