Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
September 12, 2024 समाज

हाल देशभर मनसुनीको प्रभाव, यी प्रदेशमा भारी वर्षाको सम्भावना

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ २७, काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेकोछ ।

हाल देशका पहाडी भू-भाग लगायत कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी क्षेत्रमा आंशिक बदली रहेको छ। कोशी, बागमती, लुम्विनी र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो सुदुरपश्चिम प्रदेशमा साधारणतया देखी पूर्णतया बदली र बांकी प्रदेशहरुमा आंशिक देखि साधारणतया बदली रहने छ।  सुदुरपश्चिम प्रदेशका धेरै तथा बांकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हावाहुरी सहित भारी वर्षाको पनि सम्भावना रहेको छ।

त्यस्तै आज राती सुदुरपश्चिम प्रदेशमा साधारणतया देखी पूर्णतया बदली र बांकी प्रदेशहरुमा आंशिक देखि साधारणतया बदली रहने छ।   सुदुरपश्चिम प्रदेशका धेरै तथा बांकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा  हावाहुरी सहित भारी वर्षाको  सम्भावना रहेको छ।  लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा धेरै भारी देखी अति भारी  वर्षाको पनि सम्भावना रहेको छ ।