Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २५ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

विजय कृष्णमुर्तिलाई प्रहरीले नै झूटो चारित्रिक प्रमाणपत्र दिएको पुष्टि

२०८१, २७ भाद्र बिहीबार ०९:०३

भदौ २७, काठमाडौँ । पशुपतिनाथ मन्दिर परिसरमा आयोजित कोटीहोमका आयोजक विजय कृष्णमुर्ति महाराज भनिने विजय भण्डारीले प्रहरीबाट झूटो चारित्रिक प्रमाणपत्र प्राप्त गरेको पुष्टि भएको छ। ठगी मुद्दामा दोषी ठहर भएर जेल सजाय भोगिसकेका भण्डारीले उक्त प्रमाणपत्र कोटीहोम आयोजनापूर्व प्रहरीबाट 'निस्कलङ्क' रहेको प्रमाणित गर्न सफल भएका थिए।

ठगीमा मुद्दा परेर दोष ठहर भई जेल सजाय समेत भोगेका भण्डारीले कोटीहोम आयोजनापूर्व प्रहरीबाट ‘निस्कलङ्क’ प्रमाणपत्र लिन सफल भएका थिए । सोही प्रमाणपत्रबारे अनुसन्धानका लागि प्रहरीले उनलाई कोटी होमस्थलबाट पक्राउ गर्न खोजे पनि सफल भएको थिएन ।


प्रहरीको आन्तरिक छानबिनमा भण्डारीले प्रहरीले नै त्रुटि गर्दै प्रमाणपत्र जारी गरेको खुलेको हो। यसअघि, कीर्ते गरेर प्रमाणपत्र बनाएको आशंकामा प्रहरी अनुसन्धान गरिएको थियो, तर प्रहरीबाटै प्रमाणपत्र जारी भएको पुष्टि भएपछि यो विवाद झन् गहिरिएको छ।

स्रोतका अनुसार भण्डारीले चारित्रिक प्रमाणपत्रका लागि निवेदन दिएको केही महिनापछि, काठमाडौं प्रहरी परिसरले उनीविरुद्धको मुद्दामा सफाइ पाएको भनेर प्रहरी प्रधान कार्यालयलाई जानकारी गराएको थियो। यही जानकारीका आधारमा भण्डारीले प्रमाणपत्र लिएका थिए।

पशुपति कोटीहोम आयोजना भइरहेका बेला भण्डारीको आपराधिक गतिविधि र प्रमाणपत्र विवादले चर्चा पाएको थियो। यसैबेला उनले चारित्रिक प्रमाणपत्र सार्वजनिक गरेका थिए, जसलाई लिएर काठमाडौं प्रहरीले थप अनुसन्धान सुरु गरेको थियो।

अनुसन्धान समितिले प्रहरीबाट त्रुटि भएको ठहर गर्दै परिसरका एक सहायक निरीक्षक (असई)ले गल्ती गरेको पाइएको जनाएको छ। ती असईले भण्डारीको मुद्दामा सफाइ पाएको भन्दै जवाफ पठाएका थिए, तर पछि उनले आफू झुक्किएको स्वीकार गरेका छन्।

काठमाडौं प्रहरीले उक्त असईमाथि कारबाहीको तयारी गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करिब एक महिना लामाे बिदापछि सर्वोच्च फर्किइन् न्यायाधीश मल्ल सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो सर्वदलीय बैठक सिंहदरबारमा जारी नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षमा डिकबहादुर खत्री निर्वाचित वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै