2026-09-22 08:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रुस र चीनले चन्द्रमामा संयुक्त रूपमा परमाणु प्लान्ट बनाउने

भदौ २७, काठमाडौँ । विश्वको परमाणु शक्ति सम्पन्न देशमा पर्छ, रुस । विश्वमा भएका परमाणु हतियारमध्ये ४५ प्रतिशत रुससँगै छन् । परमाणु शक्ति सम्पन्न देश रुसले अब चन्द्रमामा पनि परमाणु प्लान्ट बनाउने योजनामा काम गरिरहेको छ । यो पावर प्लान्ट रुस र चीनको साझेदारीको हिस्सा हो । 

यो योजनाअनुसार दुई देशले संयुक्त रूपमा परमाणु पावर प्लान्ट निर्माण गर्नेछन् । यसको सहयोगमा दुई देशले चन्द्रमामा ऊर्जा आवश्यकता पूरा गर्नेछन् । यो योजनामा रुस र चीनसँगै भारतले समेत सामेल हुने इच्छा देखाइरहेको छ । 

रुसको स्टेट न्युक्लियर इनर्जी कर्पोरेशन रोसटोमका प्रमुख एलेक्सी लिखाशेभको भनाइ उल्लेख गर्दै रुसी समाचार एजेन्सी तासले न्युक्लियर पावर प्लान्ट योजनाबारे जानकारी दिएको हो । रुसको भ्लादिभोस्तोकमा आयोजित इस्टर्न इकोनोमिक फोरममा लिखाशेभले यो बहुराष्ट्रिय योजनाबारे जानकारी दिएका हुन् । उनले यो प्रोजेक्टमा चीन र भारतको रुची रहेको उल्लेख गरे । 

यसअघि मार्चमा रुसी स्पेश एजेन्सी रसकसमसका प्रमुख कार्यकारी अधिकृत युरी बोरिसोभले सन् २०३३ देखि ३५ मा रुस र चीन मिलेर चन्द्रमाको सतहमा न्युक्लियर पावर प्लान्ट बनाउने बताएका थिए ।बोरिशोभले पावरप्लान्ट चन्द्रमाको सतहसम्म लैजान रुसले न्युक्लियन पावरले चल्ने रकेट बनाउने बताएका छन् । यो अटोमेटिक कार्गो रकेट चलाउन मानिसको आवश्यकता पर्ने छैन । 

रसटोमको यो प्रोजेक्टको उद्देश्य चन्द्रमामा सानो परमाणु बिजुली संयन्त्र बनाउनु हो । यसको मद्दतले ०.५ मेगावाट बिजुली पैदा गरिनेछ । यसले चन्द्रमामा बनाइँदै गरेको बेसलाई चलाउन सहयोग पुग्नेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो