2026-09-22 08:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

टीकटक कम्पनीले खोल्यो नेपालीलाई जागिर, कस्ता छन् योग्यता ?

भदौ २७, काठमाडौँ । टीकटकले नेपाली नागरिकहरूका लागि पब्लिक पॉलिसी म्यानेजर (सार्वजनिक नीति व्यवस्थापक) को पदमा जागिर खुला गरेको छ। कम्पनीको आधिकारिक वेबसाइटमा सार्वजनिक भएको जानकारीअनुसार यो पद दुबईस्थित टीकटकको कार्यालयमा रहनेछ, जहाँ नेपालसम्बन्धी मामिलाहरू हेरिनेछ।

टीकटकको मुख्यालय सिंगापुर र लस एन्जलसमा रहेको छ भने दुबई, सिओल, जकार्ता, टोक्यो, बर्लिन, पेरिस, डब्लिन, लण्डन, र न्यू योर्कमा पनि कार्यालयहरू रहेका छन्। दुबईस्थित कार्यालय नेपाल हेर्ने मुकाम भएकाले, त्यहाँ नेपाल मामिला हेर्ने कर्मचारीका लागि यो अवसर खुला गरिएको हो।

टीकटकले सार्वजनिक नीतिमा काम गरेको, सरकारी निकायहरू वा गैरसरकारी संस्थाहरूसँग सहकार्य गरेको अनुभव भएको, तथा नेपाली र अंग्रेजी भाषामा लेखन र पठनमा दक्ष व्यक्तिलाई प्राथमिकता दिने उल्लेख गरेको छ।

तलब सुविधा भने खुलाइएको छैन, तर अनलाइन आवेदन दिन सकिने जानकारी दिँदै टीकटकले पैसा लिएर कुनै रिफरल नराख्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो