2026-09-22 08:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

ओलीजीले दुई वर्षपछि कांग्रेसलाई सत्ता छोड्नुहुन्छ– देउवा

भदौ २७, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा (एमाले)सँगको सत्ता साझेदारीको सहमति कार्यान्वयन हुने बताएका छन् । 

बिहीवार पार्टी कार्यालय सानेपामा आयोजित कांग्रेसबाट निर्वाचित स्थानीय तहका प्रमुखहरूको सम्मान कार्यक्रममा देउवाले एमालेसँगको सहमतिअनुसार केपी शर्मा ओली दुई वर्ष प्रधानमन्त्री भएपछि कांग्रेसलाई छोड्ने लिखित सहमति भएको बताएका हुन् । 

‘हिजो माओवादीसँग मिल्दा पनि हाम्रा सबै साथी चिन्तित भएका थिए, डराएका थिए । अप्ठ्यारो मानेका थिए । साथीहरूको भावनाअनुसार यसपटक फेरि एमाले अध्यक्ष ओलीसँग कुरा गरेर सहमतिमा उहाँ दुई वर्ष प्रधानमन्त्री हुनुहुन्छ,’ उनले भने, ‘त्यसपछि डेढ वर्ष कांग्रेसलाई छोड्ने समझदारी भएको छ । हामीबीच भएको सहमतिले देशभरका साथीहरू खुशी छन् ।’

दुई पार्टी मिल्दा अरु सिद्धिने भनेर चिन्ता नगर्न पनि पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले आग्रह गरे । 

‘हामी दुई पार्टी मिलेपछि अरु सिद्धिने भन्ने होइन । ओलीजीको पनि यस्तो नीति छैन । हामी सबैलाई मिलाएर अगाडि बढ्न चाहन्छौं,’ उनले थपे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो