Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २५ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

दशैँ र तिहारको शुभ साइतः नेपाल र अष्ट्रेलियामा फरक दिनमा मनाउनुपर्ने

२०८१, २८ भाद्र शुक्रबार ०३:१४

भदौ २८, काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले अष्ट्रेलियामा २०८१ असोज २७ गते (२०२४ अक्टोबर १३ तारिख) मा विजयादशमी मनाउनुपर्ने जनाएको छ ।

वैदिक परिषद् अष्ट्रेलियाबाट प्रकाशित ‘भाष्कर नेपाली पञ्चाङ्ग’मा विजयादशमी (टीका) र लक्ष्मी पूजा नेपालका पञ्चाङ्गसँग फरक हुन गएको भन्दै समितिले विज्ञप्ति जारी गरी अष्ट्रेलियामा असोज २७ गते मान्यजनका हातबाट दसैँको टीका लगाउनुपर्ने जानकारी दिएको हो ।

समितिका सभापति प्रा डा माधव भट्टराई र सदस्यसचिव लक्ष्मण पन्थीले जारी गरेको विज्ञप्तिमा कतैकतै सन्देह उत्पन्न भएको भन्ने जानकारी प्राप्त भएकाले स्थानीय तिथ्यादिको मानका आधारमा धर्मशास्त्रले तोकेको कर्मकालअनुसार चाड पर्वादि मनाउन स्पष्ट गरिएको छ ।

अष्ट्रेलियामा मनाइने विजयादशमी पर्वको दशमी तिथि उदयकालीन २०८१ असोज २७ गते (२०२४ अक्टोबर १३ तारिख) भएकाले अष्ट्रेलियामा यसै दिन विजयादशमी (टीका) ग्रहण गर्नुपर्नेछ । नेपालमा २०८१ असोज २६ गते (२०२४ अक्टोबर १२ तारिख) सूर्योदयकालीन दशमी तिथि भएको र २७ गते सूर्योदयकालमा दशमी तिथि नहुनाले नेपालमा असोज २६ गते नै विजयादशमी मनाउनुपर्ने समितिले जनाएको छ ।

यो पर्व तिथि प्रधान भएकाले श्रवण नक्षत्र पर्दा यसको प्रशस्त्य हुनेमात्र हो । यो नक्षत्र विजयादशमीको कारक नभएकाले विजयादशमीको टीका नेपालमा असोज २६ गते र अष्ट्रेलियामा असोज २७ गते मनाउन समितिले विज्ञप्तिमार्फत स्पष्ट पारेको छ । 

त्यसैगरी अष्ट्रेलियामा लक्ष्मी पूजा औँसी तिथि सन्ध्या काल २०८१ कात्तिक १६ गते (२०२४ नोभेम्वर १ तारिक) भएकाले अस्ट्रेलियामा (नोभेम्वर १ तारिक) यसै दिन लक्ष्मी पूजा गर्नुपर्ने र नेपालमा २०८१ कार्तिक १५ गते (२०२४ अक्टोवर ३१ तारिक) मा सन्ध्या कालमा औँसी तिथि भएकाले १५ गते नै लक्ष्मी पूजा गर्नुपर्ने पनि समितिले स्पष्ट गरेको छ 

अष्ट्रेलियालगायत नेपाली र भारतीय वैदिक सनातन हिन्दू धर्मावलम्बी बढी भएका देशमा दसैँ, तिहारजस्ता पर्व भव्य रूपमा मनाइन्छ । यी देशमा सूर्योदयकाल फरक हुने भएकाले तिथि पनि फरक पर्न गएको हो । शास्त्रीय रूपमा जुन तिथिमा जे पर्व मनाउनु भनिएको छ । त्यसैअनुसार कर्म गराउने उद्देश्यले नै समितिको गठन भएको हो । विश्व ज्योतिष महासङ्घअन्तर्गत समितिले अन्तर्राष्ट्रियस्तरमा चाडपर्वसम्बन्धी विवाद भएमा निर्णय गर्ने गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करिब एक महिना लामाे बिदापछि सर्वोच्च फर्किइन् न्यायाधीश मल्ल सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो सर्वदलीय बैठक सिंहदरबारमा जारी नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षमा डिकबहादुर खत्री निर्वाचित वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै