२०८३, २८ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अविरल वर्षाले सुदूरपश्चिमका ठाउँठाउँमा पहिरो, सडक अवरुद्ध

२०८१, २८ भाद्र शुक्रबार ०९:३७

भदौ २८, काठमाडौँ । अविरल वर्षासँगै आएको पहिरोले सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका विभिन्न राजमार्ग अवरुद्ध भएका छन्। ठाउँठाउँमा गएको पहिरोका कारण धनगढी—डडेलधुरा (भीमदत्त), डडेलुधरा—दिपायल (केआईसिंह), बुडर—जोगबुढा सडक, खोड्पे—बझाङ (जयपृथ्वी) राजमार्गमा आवागमन अवरुद्ध भएको छ।

यसैगरी डोटीको जोरायल सडक र सहजपुर—बीपीनगर सडकमा पनि गएको पहिरोले बाटो अवरुद्ध भएको छ। राजमार्गमा गएको पहिरोका कारण गन्तव्य तर्फ हिँडेका यातायातका साधन बीचबाटैमै रोकिएका छन्।

कैलालीको अत्तरियास्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले वर्षासँगै गएरातिदेखि विभिन्न राजमार्गमा गएको पहिरोले राजमार्गमा आवागमन अवरुद्ध भएको जनाएको छ।

सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका सात जिल्लालाई जोड्ने भीमदत्त राजमार्गको छ/सात ठाउँमा पहिरो जाँदा यातायात आवागमन अवरुद्ध भएको छ। यो राजमार्गको कतिपय ठाउँको पहिरो पन्छ्याइएको छ।

अन्य कतिपय ठाउँको पहिरो पन्छ्याएर सडक यातायात सुचारु बनाउने प्रयास भइरहेको कार्यालयका प्रहरी सहायक निरीक्षक गंगादत्त भट्टले जानकारी दिए। अविरल वर्षासँगै सडक डुबानमा परेपछि कञ्चनपुरको डोके बजारदेखि बेलौरी सडक खण्डमा पनि आवागमन अवरुद्ध भएको छ।

वर्षासँगै कैलालीको भजनी, जानकीनगर, पथरैया, कैलारी, जोशीपुर लगायतका कतिपय बस्तीमा डुबान भएको छ। जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। अबिरल वर्षासँगै महाकाली, कर्णाली, ठूलीगाड, मोहना, खुटिया, कान्द्रा, घुरुवा, शिवगङ्गा, कटैनी लगायतका नदीमा पानीको बहाब बढेको छ।

कर्णाली नदीमा मध्यान्हसम्म पानीको सतह १० दशमलब ६५ मिटर (खतराको तहमा) पुगेको गेज रिडर पार्वती गुरुङले जानकारी दिए। खुटिया र मोहना नदीमा पनि पानीको बहाव खतरा तह नजिक पुगेको छ।

कैलाली र डोटीका जिल्ला प्रशासन कार्यालयले शनिबारसम्ममा कैलाली र डोटीसहितका जिल्लामा अतिभारी वर्षाको सम्भावना रहेकोले उच्च सतर्कता अपाउन अनुरोध गरेको छ।

वर्षासँगै धनगढी उपमहानगरपालिका क्षेत्र जलमग्न हुँदा कतिपय बस्तीमा दुई/तीन फिटसम्म पानी जमेर आवागमन असहज बनेको छ। हावाहुरीसहित भएको वर्षाले बिजुलीका खम्बा ढल्दा धनगढीका केही टोलमा विद्युत् आपूर्तिसमेत बन्द भएको छ।

पहिरोले अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

पहिरोले अवरुद्ध कर्णाली राजमार्ग दुई दिन लगाएर पहिरो हटाएपछि सडक सञ्चालनमा आएको छ। बुधबार परेको अविरल वर्षाले कर्णाली राजमार्ग सडक खण्ड अन्तर्गत कालीकोट जिल्लाको शुभकालिका गाउँपालिका–१ स्थित गगनेखोला, हुल्म र एसमोडमा आएको पहिरो पूर्णरुपमा पन्छ्याएपछि सडक खुलेको्रे सडक डिभिजन कार्यालय जुम्लाका निमित्त प्रमुख चेतनकुमार मण्डलले जानकारी दिए।

उक्त क्षेत्र निरन्तर पहिरो आउँदा राजमार्ग भएर आवतजावत गर्ने सवारीसाधनदेखि यात्रुलाई सकसहुने गरेको छ। सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटीले कालीकोट क्षेत्रका विभिन्न ठाउँमा निरन्तर पहिरो आउँदा राजमार्ग अवरुद्ध हुने गरेको बताए।

गगनेखोलामा सबैभन्दा बाढी पहिरो जाने गरेको छ। यो आवमा उक्त क्षेत्रमा सडकलाई स्तरोवृद्धि गरिने भएको छ। राज्यले बजेट विनियोजनमा कर्णाली राजमार्गलाई प्रथामिकतामा राखेको छैन। निर्माण कम्पनीले राम्रोसँग काम नगर्दा वर्षाको याममा सडक अरुवद्ध हुने गरेको सडक डिभिजन कार्यालय सूचना अधिकारी जिटीको भनाइ छ।

राजमार्गको स्तरोन्नति नहुँदा हिउँदमा धुलो र वर्षायाम बाढीपहिरोका कारण यात्रुले सास्ती भोग्नुपर्ने अवस्था रहेको छ। राजमार्गको स्तरोन्नति नहुँदा कर्णालीवासी बाह्रैमास निकै सास्ती खेप्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चुनावमा कांग्रेसका लागि हारजित ठूलो कुरा होइन: विश्वप्रकाश शर्मा प्राविधिक समस्या नआए आजै एसईईको नतिजा आउने सुकुमवासी बस्ती हटाउने क्रममा ज्यान गुमाएका नागरिकको जिम्मा सरकारले लिनुपर्छ: खुश्बू ओली राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत प्रतिनिधिसभाको बैठकमा आठ अध्यादेश पेश प्रतिनिधिसभा बैठक फेरि ५ बजे बस्नेगरी स्थगित प्रधानमन्त्रीका तर्फबाट कानुनमन्त्रीद्वारा तीन अध्यादेश पेस सीमा बचाउन नसक्ने तर सेनाको दुरुपयोग गरेर आफ्नै गरिब जनतामा आतंक फैलाउनुको कारण के हो ?: हर्क साम्पाङ प्रधानमन्त्री नआएपछि कांग्रेसद्वारा राज्य व्यवस्था समिति बैठक बहिष्कार प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ विपक्षी दलहरूले उठेर विरोध जनाए बर्दियामा बस दुर्घटना हुँदा १० जना घाइते मन्त्रिपरिषद् बैठकबाट नीति तथा कार्यक्रम पारित मोटरसाइकलले ठक्कर दिँदा दुई जनाको मृत्यु मन्त्रिपरिषद् बैठक सुरु घट्यो सुनको मूल्य काठमाडौँसहित देशका केही स्थानमा वर्षा कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छ : राष्ट्रपति पौडेल हामीले सचेत गराउन छाड्यौं भने लोकतन्त्रको आत्मा मर्छ: गगन थापा बस र टिपर एकापसमा ठोक्किँदा १० जना घाइते सुकुमबासी बस्तीमा दमन भएको भन्दै माइतीघरमा विरोध प्रदर्शन