२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीको ४ नम्वर ईलाका नछुट्टिने सम्भावना

१९ कार्तिक २०७३, शुक्रबार ०८:१२

प्रेम सुनार । कार्तिक–१९, गुल्मी ।  ४ नम्वर ईलाका अन्तरगतका गाविस अब बन्ने गाउँपालिकाबाट अलग गराईनु हुन्न भन्ने माग गर्दै सदरमुकाम तम्घासमा आन्दोलन चलिरहेका बेला त्यस अन्तरगतका ३ वटा गाविस भने छुट्टिएर पायक पर्ने केन्द्रमा गाभिन चाहेका छन् । दिव्रुङ्गले आफुहरुलाई शान्तिपुर चाहेको छ भने अर्लाङ्गकोट र कुर्घाले वामी केन्द्र पायक पर्ने भएकोले उतै जाने निर्णय भई सकेको जनाएको छ ।

आन्दोलनरत पक्षले ति गाविस सहितको आन्दोलन गरिरहेको उद्घोष हिजो गरी रहेको कुरालाई ति गाविसका जनप्रतिनिधीहरुले खण्डन गरेका छन् । दिव्रुङ्गको  सवै क्रियाशिल राजनैतिक दल, शिक्षक वुद्धिजिवी र समाज सेवीहरु  उक्त कुराको खण्डन गदै   शान्तिपुर केन्द्रमा  जाने  स्पष्ट पार्न   विज्ञप्ती निकाल्न आज दिउँसो शान्तिपुरमा बैठक बस्न जान लागेको दिव्रुङ्गका पुर्व गाविस उपाध्यक्ष तथा नेकपा एमालेका क्षेत्रिय कमिटी सदस्य गोविन्द्र वलालले बताए । उनले आफुहरुलाई मजुवा केन्द्र अपायक पर्ने  भएकोले  ४ नम्वर ईलाकाबाट छुट्टिन बाध्य भएको समस्या दर्शाए ।

नेकपा माओवादी केन्द्र दिव्रुङ्गका ईञ्चार्ज हिमाल पुन, सह ईञ्चार्ज चेतनाथ अर्यालले पनि आफुहरुलाई  अन्यत्र टाढा पर्ने भएकै  कारण  शान्तिपुर केन्द्रमै जानु परेको बताए  । माओवादी केन्द्रका ईञ्चार्ज पुनले नेपाली कांग्रेस दिव्रुङ्गका सभापति रामेश्वर अर्यालय उतै शन्तिपुर खेतमा जानु  भएकोले उहाँलाई लिएर शान्तिपुरमा बैठक वसेर आज विज्ञप्ती निकाल्ने तयारीमा रहेको जानकारी दिए ।

नेपाली कांग्रेस कुर्घाका सभापति रामप्रसाद अर्यालले यहाँका सवै राजनैतिक दल , शिक्षक वुद्धिजिवी,  र सवै समाज सेवीहरु  तिन तिन पटक सम्म बैठक वसेर वामी केन्द्रमै जाने निर्णय भई सकेकोले अव अर्को केन्द्रमा जाने निर्णय त कसरी गर्न सकिएला र भन्ने प्रतिकृया दिए ।     ४ नम्वर ईलाका भित्रै तपाईहरुलाई नजिक पर्ने केन्द्र बन्यो भने त स्वीकार्य होला नि ? भन्ने प्रश्नमा उनले  नजिक केन्द्र परे त सोच्न सकिने प्रतिकृया दिए ।

उनको संकेत कुर्घा वा  आँपचौर  सम्म केन्द्र परे सोच्न सकिने थियो । आँपचौर केन्द्र परेमा दिव्रुङ्गको तल्लो भेग अर्जेवावासीलाई पनि पायक पर्ने दलका नेता वाहेक  सर्वसाधारणको भनाई छ । अर्लाङ्गकोटका राजनैतिक दल, शिक्षक , वुद्धिजिवी र समाजसेवीहरुले पनि आफुहरुलाई वामी केन्द्र नै पायक पर्ने बताउँदै अर्को कुुनै केन्द्रमा जान नसकीने बताएका  छन्  ।  

आन्दोलनरत  संघर्ष समितिका संयोजक जिवन खरेलले ४ नम्वर ईलाका भित्र यहि नै केन्द्र हुनु पर्छ भन्ने हाम्रो माग होईन , सवैको सल्लाह सहमतिमा जहाँ सेन्टर पर्छ त्यही केन्द्र राखिने छ , मात्र  ४ नम्वर ईलाका भित्रको आज सम्मको न्यानो बन्धुत्व नछुटोस् भन्ने माग हो भन्ने  प्रतिकृया दिए ।

तुराङ्गवासी र रुपाकोटवासीले पनि मजुवा मै केन्द्र हुनु पर्छ भनेर  आन्दोलन नगरिएको,  केन्द्र सवै गाविसको सहमतिमा जहाँ रहे पनि फरक नपर्ने कुरा बताए ।  सघर्ष समितिको सचिवालयको आज विहान वसेको बैठकले पनि केन्द्रको वारेमा  खिचातानी नगर्ने , जहाँ रहे पनि फरक नपर्ने निर्णय गरेको बताईएको छ ।

संर्घष समितिका सचिव कमल न्यौपानेले  मजुवा, सोता, पिपलपाटा, दमुका, रामपुर, तल्लाफाँट, ईन्द्रगौडा, माथी आँपचौर घोराह, टारी जहाँ भए पनि आपसी समतिमा केन्द्र बनाउने कुरामा आफुहरु स्पष्ट  भएको प्रतिकृया दिए । हिजो सम्म मजुवा केन्द्रको मात्रै कुरा सञ्चार माध्यमबाट आएकोले त्यो भ्रम चिरी दिन न्यौपानेले सवै पक्ष संग आग्रह गरे ।

हिजो राती अवेर सम्म बसेको उच्च स्तरिय विवाद समधान समन्व्य समितिको बैठकले आन्दोलनरत पक्ष संग वार्ता गरी उठेका विवाद र मागका विषयमा  संशोधन गर्ने सहमति भएको बताईएको छ । संशोधन के के विषयमा गर्ने भन्ने वारेमा आज  पुनः वार्त गरिने भएको छ । आन्दोलनरत पक्षहरु आज पनि जिल्ला विकास समितिको गेटमै धर्ना दिई रहेका छन् ।  

दलका नेताहरु आन्दोनरत पक्षका आ–आफ्ना कार्यकर्ताहरु संग बेग्ला बेग्लै परामर्शमा जुटेको बुझिएको छ ।  आन्दोनमा ८ नम्वर ईलाकाको जुभुङ्ग र वलिथुम पनि सहभागि छ । जसलाई कार्य दलले गौडाकोट केन्द्रको खाकामा पारेको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव