2026-09-22 08:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बालेनलाई लक्षित गर्दै माधव नेपालले भने, ‘एउटा पालिकाले जित्दा त हैरान छ, प्रत्यक्ष निर्वाचित हुँदैन

भदौ ३०, काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र प्रधानमन्त्रीको पक्षमा आफूहरू नरहेको बताएका छन्।

भारतीय कम्युनिष्ट पार्टीका महासचिव सिताराम येचुरीको निधन भएपछि अन्तिम श्रद्धाञ्जली दिन दिल्ली पुगेका नेपालले आइतबार पत्रकारसँग प्रत्यक्ष जितेर गएकाले समस्या निम्त्याउने पनि बताएका हुन्।

पछिल्लो समय प्रमुख नेताहरूले नै प्रत्यक्ष निर्वाचित राष्ट्रपति र प्रधानमन्त्री हुनुपर्छ भनिरहेको बेला नेपालले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई लक्षित गर्दै प्रत्यक्ष निर्वाचितले समस्या निम्त्याउने बताए।

उनले भने,‘ मत प्रत्यक्ष निर्वाचितको पक्षमा छैन, प्रत्यक्षले झन समस्या निम्त्याउँछ भन्ने मेरो मान्यता छ। व्यक्ति यिनै हुन। यिनैले प्रत्यक्षमा जितेपछि के हालत होला भन्ने अनुमान लगाउन सकिन्छ। एउटा पालिकाको प्रमुख जित्दा त हामीलाई कति हैरान भएको छ। देशको प्रमुख राष्ट्रपति हुने हो भने, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने हो भने त्यसले के जटिलता ल्याउँछ भन्ने कुराको सन्दर्भमा  विभिन्न देशको अनुभव हेर्दा थाहा हुन्छ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो