२०८३, २० बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

२०८१, ३० भाद्र आईतवार ११:२०

भदौ ३०, काठमाडौँ । प्रहरीले अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ गरको छ । 

जसमा मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा २ सय २३ किलोग्राम सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ धार्के गाउँपालिका-४ बस्ने ३४ वर्षीय जिबन मगर र सोही गाउँपालिका-६ महादेबबेशी बस्ने ३० वर्षीय प्रदिप क्षेत्री रहेका छन् । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको बा.२१ च ५२२६ नम्बरको पिकअपलाई जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला पारी चालक जिबन र पिकअपमा सवार प्रदिपलाई पक्राउ गरेको हो ।  

त्यस्तै कास्की, पोखरा महानगरपालिका-५ प्रस्याङबाट अवैध लागूऔषध गाँजा करिब ८ सय ५० ग्राम सहित सोही महानगरपालिका-५ मालेपाटन बस्ने २४ वर्षीय मिलन थापा मगरलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । 


त्यसैगरी मोरङ, बिराटनगर महानगरपालिका-१७ मटेरूवाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १० मिलिग्राम सहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार अररिया जोगबनी-६ बस्ने २४ वर्षीय बिक्की राय, १९ वर्षीय देव राउत र मोरङ बिराटनगर महानगरपालिका-१ बस्ने २६ वर्षीय बिधान अधिकारी रहेका छन् ।  लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

त्यस्तै सिराहा, कर्जन्हा नगरपालिका-१० प्रयागपुर चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ८ सय ग्राम सहित २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनुषा धनुषाधाम नगरपालिका-३ बस्ने ३५ वर्षीय उमेश ठाकुर र बटेश्वर गाउँपालिका-२ बटेश्वर बस्ने ५० वर्षीय प्रबेश ठाकुर रहेका छन् । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले मिर्चैयाबाट बन्दीपुरतर्फ जाँदै गरेको प्रदेश २-०२-००४ प ३३३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

त्यसैगरी डोल्पा, ठूलीभेरी नगरपालिका-५ माझफालबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ३६ ग्राम ७० मिलिग्राम सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-७ बस्ने २३ वर्षीय मानव केसी र सोही नगरपालिका-८ बस्ने ३० वर्षीय चन्द्रलाल दर्जी रहेका छन् । प्रहरी चौकी माझफाल र जिल्ला प्रहरी कार्यालय डोल्पाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   

त्यस्तै बाँके, नेपालगंज उपमहानगरपालिका-२० एयरपोर्ट प्रगती टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ७ सय ४० मिलिग्राम सहित सोही उपमहानगरपालिका-८ ग्रिनसिटि बस्ने २४ वर्षीय समिम कुरेसीलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट राँझा र इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

त्यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-३ मिलनचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३० मिलिग्राम सहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कञ्चनपुर कृष्णपुर नगरपालिका-६ बस्ने ३२ वर्षीय तेज भट्‍राई, २७ वर्षीय अमन बोहरा र ३० वर्षीय प्रमोद खड्का रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो