2026-09-22 07:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

इन्फा अवार्डमा अनमोल र केकी सर्वोत्कृष्ट अभिनेता–अभिनेत्री, ‘जारी’ सर्वोत्कृष्ट फिल्म घोषित

भदौ ३१, काठमाडौँ । यती इन्टरनेसनल नेपाली फिल्म अवार्ड २०२४ (इन्फा) मा अनमोल केसी र केकी अधिकारी सर्वोत्कृष्ट अभिनेता–अभिनेत्री घोषित भएका छन्।

लण्डनको सम्पन्न अवार्डमा ‘फर्की फर्की’ बाट अनमोल र ‘प्रसाद २’ बाट केकीलाई अवार्ड दिइएको हो। 

अवार्डमा ‘जारी’ सर्वोत्कृष्ट फिल्म घोषित भएको छ भने उपेन्द्र सुब्बाले सर्वोत्कृष्ट निर्देशकको अवार्ड हात पारेका छन्। 

सर्वोत्कृष्ट कथा/पटकथाको अवार्ड ‘दिमाग खराब’ बाट आकाश बरालले प्राप्त गरे भने ‘प्रसाद २’ बाट अर्पण थापा सर्वोत्कृष्ट खलपात्र घोषित भए। 

सर्वोत्कृष्ट छायांकार ‘प्रसाद २’ बाट राजेश श्रेष्ठ, सर्वोत्कृष्ट सम्पादक फर्की फर्कीबाट सुरेन्द्र पौडेल, सर्वोत्कृष्ट संगीतकार बोक्सीको घरको गीत (बुझिनँ मैले)बाट प्रकाश सपुत, जारीको चरी बस्यो गीतबाट काली प्रसाद बास्कोटा सर्वोत्कृष्ट पाश्र्वगायक, बोक्सीको घरको बुझिन मैलेबाट समीक्षा अधिकारी सर्वोत्कृष्ट पाश्र्वगायिका र पुजार सार्कीको गीत दर्शन गरेँबाट शिशिर खत्रीले सर्वोत्कृष्ट नृत्य निर्देशकको अवार्ड प्राप्त गरे।

वर्ष २०२४ को पपुलर अभिनेता–अभिनेत्रीको अवार्ड दयाहाङ राई र मिरूना मगरलाई दिइयो। उनीहरूले फिल्म ‘जारी’ बाट यो अवार्ड पाएका हुन्। 

सर्वोत्कृष्ट अभिनेता जुरीतर्फ ‘पुजार सार्की’ बाट प्रदीप खड्काले अवार्ड जिते भने ‘बोक्सीको घर’ बाट सुपला सापकोटाले अभिनेत्रीको अवार्ड प्राप्त गरिन्। 

पब्लिक च्वाइसतर्फ सर्वोत्कृष्ट अभिनेताको अवार्ड पल शाहलाई दिइँदा सर्वोत्कृष्ट अभिनेत्री जसिता गुरूङ घोषित भइन्। यता पर्फमर अफ दि इयरको अवार्ड मोडल तथा डान्सर सुशान्त खत्रीले पाउँदा इन्करेजमेन्ट अवार्ड फिल्म ‘लण्डन टु पेरिस’ बाट गरिमा शर्माले हात पारिन्। 

यस वर्षको लाइफटाइम एचिभमेन्ट अवार्डबाट अभिनेता भुवन केसीलाई सम्मान गरियो। 

नेपाली फिल्म क्षेत्रको अन्तर्राष्ट्रिय बजार विस्तार, कलाकार, निर्माता, निर्देशक तथा प्राविधिकहरूलाई सम्मान, पुरस्कार तथा प्रोत्साहन गर्ने हेतुले यो अवार्ड हुँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो