पढ्न करिब 1 मिनेट लाग्छ

भदौ ३१, काठमाडौँ । हनुमानथान र थापागाउँ जोड्ने पुल नजिकबाट खसेको ट्याक्सी सोमबार थापाथलीस्थित यूएन पार्कनजिक भेटिएको छ ।

आइतबार राति ८:२० तिर मदन भण्डारी कलेज रुद्रमती करिडोरबाट बा. २. ज. १७९२ नम्बरको ट्याक्सी अनियन्त्रित भई रुद्रमती (धोबीखोला) मा खसेर हराएको थियो । ट्याक्सी चालक ३३ वर्षीय उर्गेन लामालाई भने सकुशल उद्धार गरिएको थियो ।

सशस्त्र प्रहरी बल नेपालका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार वाग्मतीमा डुबिरहेको अवस्थामा रहेको ट्याक्सी निकाल्न सशस्त्र प्रहरी बल नेपाल नं. २० विपद् उद्धार गणबाट सहायक प्रहरी निरीक्षक समिप श्रेष्ठको कमान्डमा ११ जना (२ जना गोताखोर) को टोली खटिएको थियो ।