2026-09-22 07:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

विहेको गरेको १५ वर्षपछि श्रीमतीद्वारा बलात्कारको उजुरी, श्रीमान पक्राउ

भदौ ३१, काठमाडौँ । बौद्धमा छोराछोरीसहित बस्दै आएकी महिलाको उजुरीपछि प्रहरीले वैवाहिक बलात्कारको आरोपमा उनका श्रीमानलाई पक्राउ गरेको छ ।

भदौ १६ गते बिहान श्रीमानले दानवीय व्यवहार गरेको भन्दै जाहेरवालाले प्रहरीलाई खबर गरेकी थिइन् । प्रहरी बिहानको ३ बजे जाहेरवालाको कोठा पुगेर उनका श्रीमान् रमेश (नाम परिवर्तन) लाई नियन्त्रणमा लिएको थियो ।

पीडित कमला (नाम परिवर्तन)का अनुसार रमेशले मुखमैथुन गराउनुका साथै योनीमा फलामको रड छिराएका थिए ।

कमलालाई तत्कालै अस्पताल लगिएको थियो । उनी उपचारपछि घर फर्किएर रमेशविरुद्ध उजुरी दिन प्रहरीकहाँ पुगेकी थिइन् । आफूले यौन सम्पर्क राख्न नमान्दा श्रीमानले दानवीय व्यवहार गरेको पीडितको दाबी छ ।

पहिलादेखि थियो विवाद

कमला र रमेशको १५ वर्षअघि प्रेम विवाह भएको हो । उनीहरूका एक छोरा र एक छोरी छन् । रमेशले आफू काठमाडौं बाहिर बोलेरो चलाउँदै आएको र बेलाबखत कोठा आउने गरेको प्रहरीलाई बताएका छन् । उनका अनुसार कमला बेलाबखत छोराछोरीलाई कोठामा छोडेर सम्पर्क बाहिर हुने गरेकी थिइन् ।

यसबीचमा कमलाले राष्ट्रिय महिला आयोगमा पनि खान लान नदिएको भन्दै उनीविरुद्ध उजुरी दिएकी थिइन् । आयोगले छलफल गराएर उनीहरूलाई घर पठाएको थियो। कमलाले भदौको साउनको अन्तिम साता बौद्ध प्रहरीमा रमेशविरुद्ध उजुरी गरेकी थिइन् ।

कुटपिट र यातना दिएको, खान लाउन नदिएको निवेदनमा उल्लेख थियो। प्रहरीले दुवैलाई राखेर भदौ १४ गते छलफल गराएको थियो । प्रहरीमा आफूहरू मिलेर बस्ने भन्दै उनीहरू कोठा फर्किएका थिए ।

भोलिपल्ट रमेश र कमलाबीच फेरि झगडा भएपछि प्रहरी आएर उनीहरूलाई मिलाएको थियो । रमेशले कमला बिहानैदेखि हराएर दिउँसो घरमा आएपछि विवाद हुँदा उल्टै आफूले मुक्का खाएको प्रहरीलाई बताएका छन् ।

रमेशविरुद्ध ५ वर्षसम्मकै कैद सजाय माग गरी काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दायर भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो