2026-07-25 11:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

क्यानडाविरुद्ध कहाँ-कहाँ चुक्यो नेपाल ? यी हुन् हारका ६ कारण

असोज १, काठमाडौँ । आइसिसी विश्वकप लिग–२ को चारवटै खेल जित्ने लक्ष्यका साथ क्यानडा उडेको नेपाली टिमलाई पहिलो गाँसमै ठूलो ढुंगा लागेको छ । अर्थात् नेपाल श्रृंखलाको पहिलो खेलमा घरेलु टिम क्यानडाविरुद्ध १०३ रनको फराकिलो अन्तरले पराजित भयो ।

क्यानडासँग ओडिआईमा नेपालको यो पहिलो हार हो । यसअघि खेलिएको तीन ओडिआईमा क्यानडाविरुद्ध नेपाल विजयी भएको थियो । मंगलबार बिहान सम्पन्न खेलमा क्यानडाले दिएको २ सय ५४ रनको लक्ष्य पछ्याएको नेपाल ४०.१ ओभरमा १ सय ५० रनमै अलआउट भयो ।

नेपालका लागि करण केसीले २४ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक २७ रन बनाए । यस्तै, सन्दीप लामिछानेले २२, आसिफ शेखले २०, भीम सार्कीले १८, गुलशन झाले १५ र कुशल मल्लले १२ जोडे ।

बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । नेपालको इनिङ ध्वस्त पार्नेक्रममा क्यानडाका लागि तीव्र गतिका बलर डिलन हेलिगरले सानदार बलिङ गरे । उनले १० ओभरमा ३१ रन दिएर ५ विकेट लिए । यस्तै, अखिल कुमार र अंश पटेलले २/२ तथा सादबिन साफरले एक विकेट हात पारे । 

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टिम क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ५३ रन बनायो । उसका लागि कप्तान निकोलश किर्तनले उत्कृष्ट ब्याटिङ गरे ।

उनले ४४ बलमा ६ छक्का र ३ चौकासहित अविजित ७३ रन बनाए । यस्तै, नवनीत धालिवालले ४८, डिलन हेलिगरले ३०, हर्ष ठाकरले २७, सादबिन जाफर र प्रगत सिंहले १७/१७ तथा कलिम साना र आरोन जोनसनले १०/१० रन जोडे ।

नेपालका लागि ललितनारायण राजवंशी र सोमपाल कामीले २/२ तथा सन्दीप लामिछाने, गुलशन झा र रोहितकुमार पौडेलले एक/एक विकेट लिए । 

क्यानडासँग नेपाल हार्नुका प्रमुख ६ कारण 

१. खराब ब्याटिङ​

क्यानडाविरुद्ध लज्जास्पद हार बेहोर्नुमा नेपालको खराब ब्याटिङ प्रमुख कारण रह्यो । हुन त विदेशी मैदानमा नेपालको यो पुरानै समस्या हो । तर, यसपालि भारतको बैंग्लोरमा दुई साता स्तरीय प्रशिक्षणका साथ क्यानडा गएकाले नेपाली टिमको ब्याटिङमा सुधार देख्न पाइने अपेक्षा थियो । तर, पहिलो खेलमा नेपाली ब्याटर झन् ‘फ्लप’ भए ।

ओडिआईमा क्यानडाले दिएको २५४ रनको लक्ष्य विशाल होइन । यदि आरामले ५० ओभर खेल्न सकेको भए खेल नेपालले सहजै जित्ने थियो । तर, कुनै पनि ब्याटर क्रिजमा जम्न सकेनन् । अघिल्लो दुई अभ्यास खेलमा राम्रो लयमा देखिएका कुशल भुर्तेल क्यानडाविरुद्ध एक रनमै पवेलियन फर्किए ।

क्रिजमा जम्नुपर्ने अवस्थामा उनी सर्ट हिर्काउने धुनमा लाग्दा एल्बीडब्लू धरापमा परे । नेपालले ३.५ ओभरमा ९ रन जोड्दा कुशलको विकेट गुमायो । त्यसपछि अरू नेपाली ब्याटर पनि सस्तैमा आउट भए ।

यस खेलमा कप्तान रोहित पौडेल र दीपेन्द्र सिंह ऐरीबाट समर्थकले ठूलो पारीको आशा राखेका थिए । किनकी उनीहरूले डेढ महिना क्यानडामा अभ्यास गरेका थिए । तर, पहिलो खेलमा रोहित र दीपेन्द्रको क्यानडा अभ्यास काम लागेन । यस खेलमा रोहित ५ तथा दीपेन्द्र ८ रनमै आउट भए । 

२. हेलिगरको अलराउन्ड प्रदर्शन

नेपालले फराकिलो हार बेहोर्नुको अर्को कारण हो, डिलन हेलिगरको प्रदर्शन । क्यारेबियनमूलका यी खेलाडीले नेपालविरुद्ध अलराउन्ड प्रदर्शन गरे । ब्याटिङमा क्यानडालाई लयमा ल्याउन र नेपाली खेलाडीलाई दबाबमा राख्न हेलिगरले महत्वपूर्ण भूमिका खेले ।

ब्याटिङतर्फ उनले २७ बलमा २ छक्का र २ चौकासहित ३० रन बनाए । बलिङमा हेलिगरले १० ओभरमा मात्र ३१ रन दिएर ५ विकेट लिए । उनले कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, सन्दीप लामिछाने र गुलशन झाको विकेट लिएका हुन् । अलराउन्ड प्रदर्शन गरेका हेलिगर ‘प्लेयर अफ द म्याच’ घोषित भए । 

३. आक्रामक ब्याटिङ

नेपाल हार्नुको अर्को प्रमुख कारण रह्यो, किर्तनको आक्रामक ब्याटिङ । कप्तान निकोलश किर्तनले नेपालविरुद्ध ४४ बलमा ६ छक्का र ३ चौकासहित अविजित ७३ रनको विस्फोटक इनिङ खेले ।

४० ओभरमा क्यानडाले ५ विकेट गुमाएर १४९ रन बनाएको थियो । तर, क्यारेबियनमूलका किर्तन चम्किँदा क्यानडाले अन्तिम १० ओभरमा सानदार ब्याटिङ गर्दै नेपाललाई चुनौतीपूर्ण लक्ष्य दियो । उनलाई सस्तैमा आउट गर्नु नसक्नु नेपाललाई ठूलो घाटा भयो । साथै, किर्तनले नेपाललाई हराउन सुझबुझ तरिकाले कप्तानीसमेत गरे । 

४. खराब डेथ ओभर बलिङ

नेपाल विगत लामो समयदेखि डेथ ओभर बलिङमा चुकिरहेको छ । सुरुवात उत्कृष्ट गर्दा पनि अन्तिममा सम्हालिन नसक्दा नेपालविरुद्ध विपक्षी ब्याटरले फाइदा उठाइरहेका छन् । र, सोमबार राति त्यो फाइदा क्यानडाका ब्याटरले उठाए ।

यदि नेपालले अन्तिम १० ओभरमा कसिलो बलिङ गर्न सकेको क्यानडाले २५३ रन बनाउने सम्भावना न्यून थियो । तर, नेपालले अन्तिम १० ओभरमा १०४ रन दियो । नेपालले क्यानडाविरुद्ध ८ बलरको प्रयोग गरेको थियो ।  

५. रोहितको खराब कप्तानी

क्यानडाविरुद्ध नेपालको फराकिलो हारको अर्को मुख्य कारण हो, खराब कप्तानी । यस खेलमा रोहितको कप्तानी सन्तोषजनक रहेन । विशेषगरी उनी बलिङमा चुके । रोहितले कुनै पनि मुख्य बलरलाई १० ओभर बलिङको मौका दिएनन् ।

यस खेलमा करण केसीले ६, सोमपाल कामीले ८, सन्दीप लामिछाने र ललितनारायण राजवंशीले ९/९, गुलशन झा र दीपेन्द्र सिंह ऐरीलाई ५/५  तथा कुशल मल्ललाई तीन ओभर बलिङ गराए । र, उनले चार ओभर बलिङ गर्दा एक विकेट लिँदै ४३ रन खर्चिए ।

बलरको सही सदुपयोग गर्न नसक्दा क्यानडाका ब्याटरले अन्तिममा खुलेर खेले । मुख्य बलरलाई बलिङमा ल्याउनुपर्नेमा आफैं अघि बढ्दा क्यानडाका ब्याटरले मोमेन्ट पक्रिए । र, रोहितले महत्वपूर्ण ४६औँ ओभरमा बिनाविकेट १९ रन दिँदै क्यानडाको स्कोर उकास्न मद्दत पुर्याए । त्यसपछि क्यानडाले ४ ओभरमा ५० रन बनायो ।  

६. प्लेइङ–११ छनोटमा चुक 

नेपाल पराजित हुनुको अर्को कारण बन्न पुग्यो प्लेइङ–११ छनोटमा चुक्नु । धेरै समर्थकले यस खेलमा अनिलकुमार साहले तेस्रो नम्बरमा ब्याटिङ गर्ने आशा राखेका थिए । तर, उनलाई प्रशिक्षक र कप्तानले प्लेइङ–११ मै समावेश गरेनन् ।

गत शुक्रबार भएको त्यहाँको स्थानीय क्लबविरुद्ध अनिलले अविजित ४७ रन बनाएका थिए । र, उनले गत फेब्रुअरीमा लक्ष्य पछ्याउनेक्रममा क्यानडाविरुद्ध अविजित शतकीय इनिङ खेलेका थिए ।

यसपालि भने क्यानडासँगको खेलमा अनिल पहिलो रोजाइमा परेनन् । बरु प्रशिक्षकको रोजाइमा अलराउन्डरहरू परेका देखियो । तर, उनीहरू पहिलो खेलमा योगदान दिन चुके । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक