Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
September 17, 2024 समाज

बालेनको तस्बिर अंकित टिसर्ट लगाएर इन्द्रजात्रा समारोहमा आएका युवायुवतीलाई प्रहरीले धपायो

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

असोज १, काठमाडौँ । इन्द्रजात्राको अवसरमा वसन्तपुरमा आयोजित समारोहमा भाग लिन एक दर्जनजति युवायुवती समारोहस्थलबाट निकालिएका छन् । उनीहरूले बालेनको तस्बिर र नाम प्रिन्ट गरिएको टिसर्ट लगाएर आएका थिए ।

समारोह सुरू हुनु अगाडि नै बालेनका समर्थकको चहलपहल बढिरहेको छ । केही युवायुवतीहरूको झुण्डले बालेनको नामको टिसर्ट लगाएर आएपछि प्रहरीले उनीहरूलाई त्यहाँबाट फर्कायो । उनीहरूलाई समारोहस्थलबाट पर लगेर छोडिएको थियो । ती युवायुवतीको हुन् र कहाँबाट आएका हुन् भन्ने खुलेको छैन । प्रधानमन्त्री ओलीको विरोध हुनसक्ने सम्भावनालाई ध्यान दिएर निगरानी बढाइएको प्रहरी स्रोत बताउँछ ।

हरेक वर्ष इन्द्रजात्रामा विशिष्ट व्यक्तिहरुको उपस्थितिमा वसन्तपुरमा विशेष समारोह आयोजना हुने गर्छ । यसको आतिथ्यता काठमाडौं महानगरपालिकाले गर्ने गरेको छ । राष्ट्रपतिको समेत उपस्थिति रहने भए पनि अघिल्ला दुई वर्षको इन्द्रजात्रा समारोहका मुख्य आकर्षण बालेन भएका थिए । युवायुवतीहरूले उनको जयजयकार गर्ने गरेका थिए ।

यसपालि भने बालेन सम्भवतः समारोहमा उपस्थित हुने छैनन् । सचिवालयका अनुसार इन्द्रजात्रा समारोह छल्ने रणनीति अनुसार उनी भारतको बैंगलोर गएका थिए । आज उनी फर्किनेछन् । तर, समारोहमा आइनपुग्ने सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री केपी ओलीसँग सामाजिक सञ्जालमा भिडिरहेकाले उनले आजको समारोह बहिष्कार गर्न लागेका हुन् । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली लगायत उच्च पदस्थहरुको उपस्थिति रहनेछ ।