२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिके राउतको चरित्र हत्या र श्रीमतीलाई मानसिक यातना दिएको भन्दै पत्रकारसहित चारजनाविरुद्ध मुद्दा दायर

२०८१, १ आश्विन मंगलवार ०७:५५

असोज १, काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले आफ्नो चरित्र हत्या र श्रीमती सोनी सिन्धु रानीलाई मानसिक यातना दिएको आरोपमा चारजनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका छन्।

डा. सिके राउतले वारेस काठमाडौं महानगरपालिका १० बस्ने २४ वर्षीय सुमन न्यौपानेमार्फत काठमाण्डौं जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन्। न्यौपानेमार्फत दायर गरिएको गाली बेइज्जती मुद्दामा तीन वर्षको कैद सजाय माग गरिएको छ। फिरादपत्रमा उल्लेख भएअनुसार, आरोपीहरुले सुनियोजित रुपमा समाचार लेखेर तथा श्रीमतीलाई पटक-पटक फोन गरी मानसिक यातना दिएको बताइएको छ। डा. राउतको श्रीमतीलाई अनाहकको तनाव दिने, फोनमार्फत गलत प्रश्न सोध्दै विक्षिप्त बनाउने प्रयास गरिएको आरोप लगाइएको छ।


मुद्दामा रक्तमाला पब्लिकेशन्स तथा शीर्ष खबर प्रा.लिका सम्पादक र पत्रकारलाई समेत आरोपी बनाइएको छ, उनीहरुले डा. राउतको चरित्र हत्या गर्ने उद्देश्यले भ्रामक समाचार लेखेको आरोप छ। यसबाहेक सप्तरी जिल्लाका दुई व्यक्तिविरुद्ध पनि, ती समाचारहरु सामाजिक सञ्जालमा शेयर गरी चरित्र हत्या गरेको आरोपमा मुद्दा दर्ता गरिएको छ।

डा. राउतकी श्रीमती मानसिक रूपमा अस्वस्थ रहँदै आएकी र उनलाई थप मानसिक यातना दिने उद्देश्यले बारम्बार फोन गरिएपछि मुद्दा दायर गर्नुपरेको फिरादपत्रमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो