२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

प्रहरी चौकीमै प्रहरीको छापा

२०८१, १ आश्विन मंगलवार ०९:३८

असोज १, काठमाडौँ ।  बिहारको कैमूर जिल्लास्थित सोनहन प्रहरी चौकीमा एक अनौठो घटना सार्वजनिक भएको छ, जहाँ प्रहरी चौकीमै छापा मारिएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार भभुआ थाना क्षेत्रका 'स्टेसन हाउस अफिसर' (एसएचओ) मुकेश कुमारको नेतृत्वमा प्रहरीको टोलीले छापा मारेको हो।

यो छापा त्यसबेला मारिएको हो, जब सोनहन प्रहरी चौकीका केही अधिकारीहरूले मदिरा सेवन गरेको सूचना प्राप्त भयो। बिहार राज्यमा मदिरा सेवन प्रतिबन्धित भएकाले प्रहरीले उक्त सूचना पछि तुरुन्तै कारबाही गरेको हो। जिल्ला प्रहरी प्रमुख (एसपी) ललित मोहन शर्माका अनुसार उक्त चौकीमा सबइन्स्पेक्टर राजीव रञ्जन र दुई सिपाहीहरू, चन्द्रजीत र अमरेन्द्र कुमारलाई मदिरा पिएको अवस्थामा पक्राउ गरिएको छ। साथै, एक सर्वसाधारण पनि मादक पदार्थ सेवन गरेको आरोपमा नियन्त्रणमा लिइएको छ।

पक्राउ परेका चारै जनाको रक्त र मूत्र परीक्षणका लागि नमूना संकलन गरी परीक्षण गर्न पठाइएको छ। प्रारम्भिक अनुसन्धानपछि उनीहरूलाई तत्काल निलम्बन गरिएको छ, र एसपीले उनीहरूविरुद्ध विभागीय कारबाही गर्न आदेश जारी गरेका छन्।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो