2026-09-22 06:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रविले बाहिरै बसेर सहकारी ठगेको गगनको दाबी, धनराजबारे के भने ?

असोज २, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी ठगीबारेको छानबिन समितिले रास्वपा सभापति रवि लामिछानेलाई क्लीन चिट नदिएको बताएका छन् । बाहिरै बसेर रविले सहकारी ठगेको उनले टिप्पणी गरे ।

आज एक कार्यक्रममा बोल्दै थापाले आफूहरुले सोचेकोभन्दा पनि धेरै गुणा ठगी भएको पाइएको पनि दाबी गरे ।

सहकारी ऐन उद्धृत गर्दै थापाले भने, ‘यो हामीले बनाएको कानून हो । यो कानूनले सहकारी बाहिर बसेर पैसा लिएकोलाई पनि ठगी मान्छ । बाहिर बस्ने पनि ठग हुन् । रविजी सहकारीको सदस्य हुनुहुन्थेन । उहाँले बाहिरै बसेर ठग्नुभएको हो ।’

थापाको थप भनाइः

यो प्रतिवेदनभित्र सोचेकोभन्दा कति धेरै रहेछ रहेछ । कति कति । सीधा कम्पनीमा चेक काटेर करोडौं पैसा आएको छ । ढ्याङढ्याङ करोड करोड आएको छ । सुईंसुईं चेक काटिएको छ । अनि के भनिएको छ भने करोड कहाँबाट आयो मैले थाहा पाइनँ ।

यो त विचित्रको कम्पनी रहेछ । खोल्दाखेरि नै सहकारीबाट ठगेर ल्याएको रहेछ । बीउपुँजी पनि खल्तीको होइन रहेछ । अर्बौं ठगी छ ।

प्रतिवेदनमा प्रचलित कानूनअनुसार कारबाही गर्न भनियो । कानूनको नाम किन नलेखेको भनेर मैले दिलेन्द्र बडुजीलाई सोधें । एउटा भए पो लेख्नु भन्नुभयो । ठगी पनि छ, कीर्ते पनि छ, के के छ छ ।

योभन्दा बढी हामीले बोलिराख्नु पर्दैन । सहकारी खोलेको छ । कम्पनी खोलेको छ । अकाउन्ट खोलेको छ । करोड करोड आएको छ । चेक काटेको छ । करोड कहाँबाट आएको थाहा छैन भनिएको छ । सम्बन्धित पार्टीको साथी नै कीर्तेमा मुद्दा चलाउनुपर्छ भनेर सिग्नेचर गर्नुहुन्छ । उहाँलाई छटुटु भन्ने कि कि के भन्ने ? बाहिर आएर तपाईं क्लीन हुनुभएको छ भन्नुभयो । सबैले ताली बजाए । हाम्रो अध्यक्षजीले पस्किनु भएको होइन, खानुभएको मात्र हो भनेर ताली बजाए ।

केही हामीसँगै विगतमा काम गरेका साथीहरु पनि छन् । सभापतिसँग हामी बेलाबेला बहस गर्छौं, लड्छौं, तर उहाँहरुले त्यो सिक्नुभएको रहेनछ । अध्यक्षको पापको भारी कसले बढी बोक्ने भनेर प्रतिस्पर्धा छ ।

गगनले पार्टी उपसभापति धनराजको प्रसंग पनि निकाले । यद्यपि, धनराजबारे बोल्दा उनको लवज नरम भइसकेको थियो ।

थापाले भने, ‘मैले उहाँलाई यो विषयमा सोधेको थिएँ । उहाँले संसदमा पनि ममाथि अनुसन्धान होस्, दूधको दूध पानीको पानी होस् भन्नुभएको छ । समितिले थप अनुसन्धान गर्नुपर्छ भनेको छ । सरकारले त्यो गर्छ । हाम्रो आफ्नो पोलिसी छ । निर्दोषले अनावश्यक रुपमा दुःख पाउनु हुँदैन । दोषी उम्किनु हुँदैन ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो