2026-09-22 03:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बालेनको पक्षमा नारा लगाएपछि दरबारमार्गमा बालेन शाहका समर्थक कुटिए

असोज ३, काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहका समर्थकमाथि राजधानीको दरबारमार्गमा कुटपिट भएको छ। संविधान दिवसको अवसरमा बिहीबार अपराह्न ४ बजेदेखि सुरु भएको ‘नेशनल डे कन्सर्ट’मा बालेनको पक्षमा नारा लगाएका एक युवकलाई युवाहरूको अर्को समूहले कुटपिट गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

घटनास्थलमा उपस्थित प्रत्यक्षदर्शीका अनुसार करिब पाँच जनाको समूहले ती युवकलाई बालेनको नारा लगाएपछि आक्रमण गरेको थियो। कुटपिट गर्ने युवाहरूको पहिचान अझै खुलेको छैन भने उनीहरू कुटपिट गरेपछि तुरुन्तै भागेका थिए।

कन्सर्टमा ठुलो संख्यामा राष्ट्रिय झण्डासहित युवा उपस्थिति थियो। यस कार्यक्रममा नेपालका चर्चित कलाकारहरू आनन्द कार्की, कुन्ती मोक्तान, देविका बन्दना, सुगम पोखरेल, दीपक लिम्बू, प्रमोद खरेल, सुवानी मोक्तान, स्वप्न सुमन लगायतका कलाकारहरूको प्रस्तुती रहने बताइएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली पनि साँझको समयमा कन्सर्टमा सहभागी हुने कार्यक्रम रहेको उनको सचिवालयले जानकारी दिएको छ।

अहिलेसम्म कुटपिटको कारण र यसमा संलग्न समूहको पहिचानको लागि अनुसन्धान जारी रहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो