2026-07-25 04:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बिवाहको २४ घण्टा नपुग्दै पुछियो प्रमिलाको सिउँदो, हातगोडा लगलग कमाएर भुँइमा ढलेका तिलक कहिल्यै नउठ्नेगरी लडे

असोज ३, काठमाडौँ । मकवानपुरको थाहा नगरपालिका–८ ऐँसेलु खर्कका २५ वर्षीय तिलक कुमार थिङको बिवाहको भोलिपल्टै मृत्यु भएको छ। गत शुक्रबार भदौ २८ गते कैलाश–५ गोगनेकी २५ वर्षीय प्रमिला गोलेसँग बिवाह गरेका तिलकको २४ घण्टा पनि नवविवाहित दम्पतीले सँगै बिताउन पाएनन्। 

डिप्रेसन र उच्च रक्तचापको बिरामी रहेका तिलकको शनिबार दिउँसो मृत्यु भएको हो। प्रमिलाको रंगिएको सिउँदो एक दिन रहेन।

प्रमिला र तिलकबीच तीन वर्षदेखि प्रेम सम्बन्ध थियो। प्रमिलाको गाउँमा देवाली पूजामा जाँदा तिलकले उनलाई मन पराएका थिए। सोही बेलामा दुवैजनाले एकअर्काको मोबाइल नम्बर साटासाट गरे। फोनमा कुरा हुन्थ्यो। कहिले काहीँ उनीहरू भेट्थे पनि।

लामो समय प्रेम सम्बन्धमा रहेका उनीहरूले बिवाह बन्धनमा कसिने सुरसार गरे। प्रमिलाको परिवारमा सबैजनालाई यी दुईको प्रेमको बारेमा थाहा थियो। दुईजनाको छिट्टै बिवाह गरिदिने प्रमिलाको परिवारले सोचेका थिए।

तर शुक्रबार उनीहरुले सुटुक्क बिवाह गरे। तिलकले प्रमिलालाई आफ्नो घरमा लगे। घरमा तिलकका दाइ भाउजु/काका काकीहरूले बुहारी भित्र्याउने तयारी गरे। सेता अक्षता र प्रमिलाको लागि रातो सिन्दुर तयार पारे। साँझको ५ बजेतिरको समयमा तिलकले प्रमिलालाई आफ्नो घरमा भित्र्याएका थिए। तामाङ परम्परा अनुसार प्रमिलालाई दिनेशको घरमा ल्याएपछि बिवाह गरियो। सबैले रातको खाना खाएर सुते।

बिवाहको पहिलो रात प्रमिला अत्यासिएकी थिइन्। ‘पराई घर कस्तो होला भन्ने डर मनमा थियो,’ उनी भन्छिन्, ‘कसो कसो डर लाउँदो रैछ। बुवा आमा छोडेर आएकी मलाई त्यो रात राम्ररी निन्द्रा लागेन। उहाँ (तिलक) पनि निन्द्रा लागेन भन्दै यताउती गरिहनुभएको थियो। मलाई जस्तै डर लागेर होला भन्ने सोचेँ। अरु त मलाई केही थाहै भएन।’

बिवाहको भोलिपल्ट अर्थात् शनिवार बिहान ४ बजेतिरको समयतिर तिलकका हातहरू काँप्न थाले। श्वास फेर्न गाह्रो भयो। प्रमिलाले पानी खुवाइन्। एकैछिनमा ठिक होला नि भन्ने लाग्यो उनलाई। उज्यालो भयो। घरका सबै जना उठे। बिहानको खाना बन्यो। सबै मिलेर खाना खाए। तिलकले पनि परिवारसँगै थोरै खाना खाए। त्यतिबेलासम्म पनि तिलकलाई सञ्चो भएको थिएन। तर पनि बेला बेलामा परिवार र प्रमिलासँग बोलिरहेकै थिए।

तिलकका पारिवारिक स्रोतका अनुसार उनलाई केही महिना देखि डिप्रेसन थियो। सोही कारण टाउको दुख्ने, निन्द्रा नलाग्ने जस्ता समस्या हुँदै आएको थियो। त्यस्तै भएको होला भन्ने लागेर परिवारले उनलाई अस्पताल लानेबारेमा सोच्दै सोचेनन्। शनिबार दिउँसो यस्तै १२ बजेतिरको समयमा तिलकको मृत्यु भयो। हातगोडा लगलग कमाएर भुँइमा ढलेका तिलक कहिल्यै नउठ्नेगरी लडे। बाँचुञ्जेल माया गरेर राख्ने कसम खाएर ल्याएका प्रमिलालाई २४ घण्टा पनि साथमा राख्न पाएनन्।

प्रेसरको कारण उनको मृत्यु भएको डाक्टरले बताएको उनकी दिदी नाता पर्ने सुनसानी थिङले बताइन्। उनका अनुसार सानै उमेरबाट विभिन्न कष्ट झेल्दै आएका तिलक मानसिक तनावमा थिए। तिलक ३ वर्षको हुँदा उनको बुवा प्रतापसिंह थिङको मृत्यु भयो। उनकी आमा माइतीमाया थिङले पनि अर्को बिवाह गरिन्। तिलकभन्दा तीन वर्ष जेठो दाइ छन्।

आमा माइतीमायाले गत असारमा मात्रै अर्कोसँग बिवाह गरेकी थिइन्। आमा नभएपछि घर धान्न सकसमा परेका तिलक विगत दुई महिनादेखि नै प्रेसरको समेत रोगी बनेका थिए। आमा हुन्जेल केही व्यवहार नगरेका तिलकलाई एक्कासी सबै व्यवहार आइपर्यो।

‘उनका दाजुलाई सुधार गृहमा राखिएको थियो। भाउजु पालुङमै बस्थिन्। घरमा पसल थियो। पसल, घर व्यवहार, खेतीले गर्दा तिलकलाई गाह्रो थियो,’ उनकी दिदी सुनसानीले भनिन्। यता, प्रमिलाका परिवारले बुधवार (हिजो) माइती लगे। बिवाह गरेको घरमा ज्वाइँको मृत्यु भएपछि अब माइतीमै राख्ने सल्लाह भएको प्रमिला बताउँछिन्।

‘जसको भएर त्यो घर गएको थिएँ, उहाँ नै हुनुहुन्न, प्रमिलाले भक्कानिँदै भनिन्, ‘न सासु सुसुरा हुनुहुन्छ। अब कोही नभएको घरमा म एक्लै कसरी बसौँ? झन् उहाँको याद आउँछ मात्रै।’

उता, प्रमिलाकी जेठानी अर्थात् तिलककी भाउजु तिलकको मृत्यु र प्रमिला घर नफर्कने खबरले बेहोसी अवस्थामा छिन्। घर नजिकै रहेको स्वास्थ्य संस्थामा उनको उपचार भैरहेको पारिवारिक स्रोत बताउँछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक