Skip to content
Friday, July 24, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
September 19, 2024 समाज

लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध

By साझासवाल 2 मिनेट पढाइ

असोज ३,  काठमाडौँ ।  मङ्गलबार र बुधबार लेबनानमा पेजर र वाकीटकी प्रयोग गरी भएको विस्फोटमा धेरैको मृत्यु भएको छ भने हजारौं घाइते भएका छन् ।

अब लेबनानको राजधानी बेरुतको राफिक हरिरी विमानस्थलबाट उड्ने सबै उडानहरूमा वाकीटकी र पेजरहरू प्रतिबन्ध लगाइएको छ ।  बेरुतमा अवस्थित यो एयरपोर्ट लेबनानको एक मात्र व्यावसायिक परिचालन एयरपोर्ट हो ।

लेबनानको सरकारी समाचार एजेन्सी एनएनएले उड्डयन एजेन्सीलाई उद्धृत गर्दै यात्रुहरूलाई आफ्नो साथमा पेजर वा वाकीटकी जस्ता उपकरणहरू नल्याउन भनिएको छ । यदि तिनीहरूसँग त्यस्ता उपकरणहरू फेला परेमा तुरुन्तै जफत गरिनेछ ।

समाचार सुन्नुहोस्

यो समाचार नेपाली आवाजमा सुन्न Play थिच्नुहोस्।