असोज ४, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीभित्रको अराजक गतिविधिलाई छुट दिन नसक्ने बताएका छन्।

पार्टीको बागमती प्रदेश कमिटीले शुक्रबार काठमाडौंमा आयोजना गरेको दसौं राष्ट्रिय महाधिवेशनको सन्देशसभा विषयक कार्यक्रममा अध्यक्ष नेपालले पार्टीकै नेता तथा कार्यकर्ताबाट नै पार्टीप्रति निराशा पैदा गर्ने काम भएको भन्दै पार्टीभित्रको अराजक गतिविधिलाई छुट नदिने स्पष्ट पारे।

महाधिवेशनमा पराजय भएका कारण पार्टीका केही नेताहरूको गम्भीर अभिव्यक्ति बाहिर आएको र त्यसले तरंग नै पैदा गरेको उनले बताए। उनले एमालेमा विद्रोह गरेर नयाँ पार्टी गठन गर्नुको औचित्य पुष्टि हुँदै गएको बताए। अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउनका लागि पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गर्ने धारणा राखे।

त्यस्तै नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमालेमा भद्दा हुँदै गएको कार्यशैली नेकपा एकीकृत समाजवादीमा स्वीकार्य नहुने बताए। देशको हितमा आट र हिम्मतका साथ आफ्नो कुरा विश्वमाझ राख्नसक्ने कम्युनिष्ट पार्टी अहिलेको आवश्यकता रहेको उनले बताए। त्यस्तै खनालले पश्चगामी ढंगले संशोधन गर्ने प्रयास गरिने स्वीकार्य नहुने स्पष्ट पारे।