कात्तिक १९, ललितपुर | भूकम्प गएको १५ महिना वितिसक्दा पनि उपत्यकाका तीनवटा जिल्ला (ललितपुर, भक्तपुर र काठमाण्डौ) को पुनर्निर्माणको कार्यमा सरकारले चासो नदिएकोमा य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक १९, ललितपुर | भूकम्प गएको १५ महिना वितिसक्दा पनि उपत्यकाका तीनवटा जिल्ला (ललितपुर, भक्तपुर र काठमाण्डौ) को पुनर्निर्माणको कार्यमा सरकारले चासो नदिएकोमा य"/>
९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

युवाहरुद्वारा उपत्यकाको पुनर्निर्माणमा सरकारले चासो नदिएको गुनासो

१९ कार्तिक २०७३, शुक्रबार १४:५४

कात्तिक १९, ललितपुर | भूकम्प गएको १५ महिना वितिसक्दा पनि उपत्यकाका तीनवटा जिल्ला (ललितपुर, भक्तपुर र काठमाण्डौ) को पुनर्निर्माणको कार्यमा सरकारले चासो नदिएकोमा युवाहरुले गुनासो गरेका छन । राष्ट्रिय युवा पुनर्निर्माण संजालले एक्सनएड नेपाल र होमनेट नेपालसँगको सहकार्यमा ललितपुरस्थित वडीखेलमा आयोजना गरिएको “युवा र पुनर्निर्माण” विषयक अन्तरकृया कार्यक्रममा युवाहरुले उक्त कुरा वताएका हुन । 

कार्यक्रममा पुनर्निर्माण संजालका संयोजक तथा युथ एडभोकेसी नेपालका अध्यक्ष नरेन खतिवडाले भने “सरकारले काठमाण्डौ, भक्तपुर र ललितपुर जिल्लालाई भूकम्पवाट अतिप्रभावित जिल्लाकोको रुपमा किटान गरेको भए पनि अन्य भुकम्प प्रभावित ११ जिल्लाको तुलनामा पुर्णरुपले वेवस्था गरेको छ” । भुकम्प गएको यती समय वितिसक्दा पनि उपत्यकाका जिल्लाहरुमा  भूकम्पवाट श्रृजना भएको भौतिक क्षतीको सर्वेक्षणमात्र हुनु दुखत भएको खतिवडाले वताए । सर्वेक्षण अनुसार लाभग्राहीको सुचीमा परेका घर धनीहरुसँग अविलम्व अनुदान सम्झौता गरी उनीहरुलाई राहत प्रदान गर्नु पर्ने उनको जोड थियो ।  अर्को एक प्रसङ्गमा पुनर्निर्माणलाई भौतिक दृष्टिकोणवाट मात्र नहेरी आर्थिक, सामाजिक एवं सास्कृतिक दृटिकोणवाट पनि विश्लेषण गर्नु पर्नेमा खतिवडाको जोड थियो । 

कार्यक्रममा युवा अधिकारकर्मी राज कुमार उप्रतीले पुनर्निर्माणको समग्र प्रकृयामा युवाहरुले नेतृत्व गर्नु पर्ने वताए । युवाहरुको रचनात्मक हस्तक्षेप विना पुनर्निर्माणले गति लिन नसक्ने उप्रतीको जिकिर थियो । 

पुनर्निर्माणको प्रकृयामा महिलाहरुको अर्थपुर्ण सहभागिता सुनिश्चित गर्नु पर्नेमा युथ एड्भोकेसी नेपालकी कोशाध्यक्ष गीता चौधरीको जोड थियो ।  


कार्यक्रममा ललितपुरस्थित वडीखेलका युवाहरुले पुनर्निर्माणको ढिला सुस्ती सँगै भुकम्पका कारणले श्रृजना भएको विभिन्न समस्याहरुको विषयमा चर्चा गरेका थिए । सरकारले अविलम्व ललितपुरमा पुनर्निर्माणको कार्य सुचारुगरी देखा परेका समस्या सामधान गर्नु पर्नेमा उनिहरुको जोड थियो । 

कार्यक्रमको अन्त्यमा समग्र पुनर्निर्माणको प्रकृयामा योगदान गर्न, पारदर्सिता र जवाफदेहीताका लागि खवरदारी गर्न र समुदायको नेर्तत्वमा पुनर्निर्माण प्रकृयालाई गति दिने उदेश्यले ५ सदस्यिय युवा पुर्निर्माण संजाल, लिलितपुर गठन गरिएको थियो । कार्यक्रममा विभिन्न क्षेत्रमा आवद्ध अल्पसंख्यक तथा सिमान्तकृत “पहारी” समुदायका युवाहरुको उल्लेखनिय सहभागिता थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो