2026-09-22 05:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सन्दीपविरुद्ध पुनरावेदन दिने महान्यायाधिवक्ता कार्यालयको निर्णय

असोज ६, काठमाडौँ । महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार आरोपबाट सफाइ दिने उच्च अदालत पाटनको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गर्ने निर्णय गरेको छ। लामिछानेलाई नाबालिगमाथि बलात्कारको आरोपमा मुद्दा चलाइएको थियो, तर पाटन उच्च अदालतले उनलाई सफाइ दिएको थियो।

महान्यायाधिवक्ता कार्यालयले उक्त फैसलाको पूर्णपाठको अध्ययन गरेपछि पुनरावेदन गर्ने निर्णय गरेको हो। उच्च सरकारी वकिलको कार्यालय पाटनले यसअघि नै पुनरावेदन गर्न सिफारिस गरेको थियो। अब सर्वोच्च अदालतले यस मुद्दामा पुनरावेदनको सुनुवाइ गर्नेछ।

सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरिएपछि सन्दीप लामिछानेलाई म्याद जारी हुनेछ, जसपछि उनले अदालतमा हाजिर भएर मुद्दाको सामना गर्नुपर्नेछ।

उच्च अदालत पाटनले सन्दीपलाई नाबालिका बलात्कार मुद्दाबाट सफाइ दिएको थियो । यो कदमसँगै यो मुद्दाले थप कानूनी मोड लिने संकेत देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो