2026-09-22 05:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

आधारित जलवायु अनुकुलनको छैठो राष्ट्रिय सम्मेलन महोत्तरीमा

असोज ८, महोत्तरी । स्थानीय नेतृत्वमा आधारित जलवायु अनुकुलनको छैठो राष्ट्रिय सम्मेलन महोत्तरीको बर्दिवासमा भएको छ । मधेश प्रदेशका पालिकाहरुका जनप्रतिनिधि, प्रदेश सरकार र सरोकारवाला निकायहरुको वाक्लै सहभागीतामा उक्त सम्मेलन भएको हो ।

मानिस, न्याय र सुशासन भन्ने मुख्य नाराका साथ झन्डै १४ वटा गैरसरकारी संस्थाहरुको आयोजनामा भएको उक्त सम्मेलनमा स्थानिय नेतृत्वमा आधारित जलवायुमैत्री विकास गर्न जरुरत देखिएकोप्रती जोड दिइएको छ ।

सम्मेलनमा प्रमुख अथितिकोरुपमा सहभागी हुन आइपुगेका मधेश प्रदेश सरकारका मुख्यमन्त्री शतिश कुमार सिंहले वातावरण अनुकुल विकासको जरुरत भएको वताउदै अब काममा नै लाग्नुपर्ने वताएका छन ।

मुख्यमन्त्री सिंहले मधेशमा भुमिगत पानी सुकाउने एउटा कारण भिक्सको रुख भएको जनगुनासो बढीरहेको वेला यस्को विषयमा थप अनुसन्धान गर्नुपर्नेमा जोड दिए ।

तथापी मधेश प्रदेशका धेरैजसो पालिकाहरुले किसानहरुको गुनासोलाई मध्यनजर गर्दै मसला(भिक्स)को रुख निरुत्साहित र बिस्थापन गर्न नीति तथा कार्यक्रम नै वनाएका छन ।

युएनडिपिको फुड डिपार्टमेन्ट र अमेरिकाको नेसनल लाईवेरी अफ ईन्स्टिच्युटले गरेको एक अध्यणअनुसार यो रुख वातावरण प्रतिकुल नै हुने निष्कर्ष निकालेको छ ।

मधेश प्रदेश जलवायु परिवर्तनका हिसावले आक्रान्त वनिरहेको वेला हरेक स्थानिय तहहरु जलवायुमैत्री विकासमा महत्वपूर्ण रहेको सम्मेलनमा जोड दिईएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो