२०८३, २० बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बेंगलुरुमा नेपाली महिलाको हत्या : श्रीमान्‌सँग टुटेको थियो सम्बन्ध, घर आउजाउ गर्ने पुरुषमाथि शंका

२०८१, ८ आश्विन मंगलवार १२:१२

असोज ८, काठमाडौँ । भारतको बेंगलुरुमा एक नेपाली महिलाको निर्मतापूर्वक हत्या घटनामा प्रहरीले अहिलेसम्म कसैलाई पनि पक्राउ गर्न सकेको छैन । हत्या गरी फ्रीज भित्र शवका टुक्रा सडेको अवस्थामा दुर्गन्ध आएपछि केही दिनअघि मात्र घटना बाहिर आएको थियो ।

टाइम्स अफ इन्डियाकाअनुसार एच महालक्ष्मी दासको हत्या भएको हो । गत शनिबार दिउँसो ३ः३० बजे मृतककी आमा र दिदीले उनी बसेको अपार्टमेन्टबाट दुर्गन्ध आएपछि घरधनीले बोलाएर मुख्य ढोका र त्यसपछि फ्रीज खोल्दा हत्या भएको खुलासा भएको थियो ।


महालक्ष्मीको हत्यारा को ?

शवका टुक्रा संकलन गरेपछि प्रहरीले कोठामा महालक्ष्मीको ओछ्यानमा मोबाइल फेला पार्‍यो । मोबाइलको सीडीआर अर्थात् कल डिटेल रेकर्ड जाँच गर्दा यो फोनबाट अन्तिम कल २ सेप्टेम्बरमा भएको पाइयो । त्यसयता उक्त मोबाइलबाट कुनै नम्बरमा फोन गएको वा आएको पाइएन ।

यसबाट बेंगलुरु प्रहरीले महालक्ष्मीको हत्या सेप्टेम्बर २ र ३ को बीचमा गरिएको अनुमान गरेको छ । तर, प्रश्न थियो– महालक्ष्मीलाई कसले किन यति निर्ममतापूर्वक मार्‍यो ? यस विषयमा बेंगलुरु प्रहरीले अनुसन्धान थालेको छ ।

भारतमा नेपाली महिलाको निर्ममतापूर्वक हत्या, फ्रीजमा सडेको अवस्थामा भेटियो शव

श्रीमान्‌‌सँग सन् २०२३ देखि छुट्टिएकी थिइन् महालक्ष्मी

भारतीय अखबार आजतकका अनुसार महालक्ष्मीका आमा र बहिनीसँग प्रारम्भिक सोधपुछ गर्दा सन् २०१९ सम्म पूरै परिवार नेपालमै रहेको खुलेको छ ।

सोही वर्ष महालक्ष्मीको विवाह हेमन्त दास नामका नेपाली केटासँग भयो । विवाहपछि दुवै जना रोजगारी र राम्रो जीवनको आशा लिएर नेपालबाट भारतको बेंगलुरु पुगेका थिए ।

जहाँ हेमन्तले मोबाइल पसलमा काम गर्न थाले भने उनकी पत्नी महालक्ष्मीले प्रख्यात मलको सौन्दर्य पसलमा सेल्सवुमन टिम लिडरको काम पाइन् । उनीहरू बैंगलोरको नीला मंगला क्षेत्रमा भाडाको घरमा बस्न थाले । केही समयपछि छोरीको जन्म भयो ।

सन् २०२३ सम्म उनीहरूको जीवन ठीकठाक चलिरहेको थियो । तर, सन् २०२३ मा हेमन्त र महालक्ष्मी एकअर्कासँग छुट्टिए । छोरी हेमन्तसँग बस्थिन् ।

महालक्ष्मी भने ५ महिनादेखि व्यालिकवाल क्षेत्रमा भाडाको घरमा बस्थिन् । छोरीलाई भेट्न उनी पन्ध्र दिन वा महिनामा एकपटक हेमन्तको घर जान्थिन् ।

श्रीमान् हेमन्तले गर्थे महालक्ष्मीप्रति शंका

प्रहरीको प्रारम्भिकअनुसन्धानमा हेमन्त र महालक्ष्मीबीचको दूरीको कारण त्रिकोणात्मक प्रेम थियो । हेमन्तले महालक्ष्मी र उत्तराखण्डमा काम गर्ने अशरफ नामका युवाबीच प्रेम चलिरहेको आशंका गरेका थिए । यस विषयमा हेमन्त र महालक्ष्मीबीच धेरै झगडा पनि हुन्थ्यो ।

यही झगडाका कारण करिब ९ महिनाअघिदेखि महालक्ष्मी पति हेमन्तसँग अलग बस्न थालेकी थिइन् । केही महिना आमा र बहिनीसँग बसेपछि ५ महिनायता भने उनी एक्लै भाडाको घरमा बसिरहेकी थिइन् ।

छिमेकी सम्बन्ध नराम्रो

छिमेकीहरुका अनुसार महालक्ष्मीको आसपासका मानिससँग राम्रो सम्बन्ध थियो । उनी कसैसँग पनि धेरै बोल्दैन्थिन् । उनी हरेक बिहान साढे नौ बजे काममा जान्थिन् र राति साढे १० बजे घर फर्कने गर्थिन् ।

अपरिचित व्यक्तिले महालक्ष्मीलाई घरबाट लैजाने र ल्याउने गर्दथे । तर, त्यो व्यक्ति को थियो भन्ने कसैलाई थाहा छैन ।

बेंगलुरु प्रहरीका अनुसार अपरिचित व्यक्ति को हो भनेर पत्ता लगाउने प्रयास भइरहेको छ । प्रहरीका अनुसार महालक्ष्मीको हत्यारा पनि त्यही अपरिचित हुनसक्ने सम्भावना छ ।

श्रीमान् र अशरफसँग लामो सोधपुछ

बेंगलुरु पुलिसका अनुसार अहिलेसम्म महालक्ष्मीका श्रीमान् हेमन्त दास र अशरफसँग लामो  बयान लिइसकिएको छ । तर, प्रारम्भिक सोधपुछपछि प्रहरी महालक्ष्मीको हत्यामा दुवैको कुनै भूमिका नभएको निष्कर्षमा पुगेको छ ।

दुवैको सेप्टेम्बर २ देखि १९ सम्मको मोबाइल लोकेशन र कल डिटेल रेकर्डमा केही पनि फेला परेन ।

महालक्ष्मी बेपत्ता भएको र उनको मोबाइल बन्द भएको दिनदेखि घरमा कोही पनि नआएको प्रहरी अनुसन्धानले देखाएको छ ।

छिमेकीले पनि सेप्टेम्बर २ पछि वा त्यसपछि महालक्ष्मीको घरबाट कुनै आवाज सुनेनन् । तर, अापराधिक दृश्य देखेपछि प्रहरीले यही कोठामा महालक्ष्मीको हत्या भएको अनुमान गरेको छ । यस सिद्धान्तको पछाडिको कारण महालक्ष्मीको बसोबास भएको क्षेत्रमा शवलाई पहिलो तलामा लैजान सम्भव छैन ।

प्रहरीकाअनुसार हत्या गर्नुअघि महालक्ष्मीलाई एनेस्थेटिक वा निद्राको चक्की खुवाइएको हुनसक्ने भएकाले घरबाट कुनै आवाज नआएको हुनसक्छ ।

योजनाबद्ध रुपमा हत्या

हत्यापछि महालक्ष्मीको शवलाई जसरी टुक्राटुक्रा पारिएको थियो, त्यो देखेर प्रहरीले अनुमान गरेको छ, हत्यारा योजनाबद्ध रुपमा आएका थिए, बिना हतार । अर्थात् हत्याराले शान्तपूर्वक शवलाई घरभित्रै टुक्रा पार्यो । हत्यापछि पनि उ केही घण्टा वा सम्भवतः रातभर त्यहीँ बसेको हुनु पर्छ । तर, अचम्मको कुरा के छ भने उनलाई गएको कसैले देखेन ।

महालक्ष्मी बस्ने भवन वरपर जडान गरिएका सबै सीसीटीभी क्यामेराको फुटेज स्क्यान भइरहेको छ । घटनाको समय हेर्दा अपरिचित व्यक्ति कुनै न कुनै क्यामेरामा कैद भएको हुनसक्ने प्रहरीको अनुमान छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो