<p><b>असोज १०, काठमाडौं ।</b> सुनको मूल्यमा लगातार वृद्धि भएको छ । <br></p><p>आज सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेर तोलाको एक लाख ६० हजार सात सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको यो मूल्य अहिलेसम्मकै उच्च हो । यस अघि बुधबार सुनको मूल्य एक लाख ६० हजार चार सय रुपैयाँ पुगेको थियो ।</p><p>त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मुल्य १९५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । </p>
