2026-09-22 04:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भारी वर्षाका कारण आन्तरिक उडानहरू प्रभावित, अन्तर्राष्ट्रिय उडान नियमित

असोज ११, काठमाडौँ । बंगालको खाडीमा उत्पन्न जलवाष्पयुक्त हावा र न्यून चापीय प्रणालीका कारण भएको खराब मौसमले देशका विभिन्न विमानस्थलहरूमा आन्तरिक उडानहरू प्रभावित भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार, भारी वर्षाका कारण भद्रपुर, विराटनगर, सिमरा, भरतपुर, पोखरा, सुर्खेत लगायतका विमानस्थलमा शुक्रबारका लागि तय भएका नियमित उडानहरू रद्द गरिएका छन्। पर्यटकीय क्षेत्र सगरमाथा प्रवेश गर्ने लुक्लामा पनि उडानहरू रद्द भएका छन्।

बुद्ध एयरले मौसम प्रतिकूल भएकाले शुक्रबारका सबै पर्वतीय उडानहरू रद्द गरेको जानकारी दिएको छ। यद्यपि जनकपुर, नेपालगञ्ज, धनगढी जस्ता विमानस्थलमा केही उडानहरू भए पनि भारी वर्षाले ती स्थानका उडानहरू पनि प्रभावित भएका छन्।

काठमाडौं विमानस्थलको भिजिबिलिटी (दृश्यता) ३ किलोमिटर हाराहारीमा झरेको छ, भने हेरेर हुने उडानका लागि कम्तीमा ५ किलोमिटर दृश्यता आवश्यक पर्छ। प्रवक्ता शेर्पाका अनुसार, खराब मौसमले अन्तर्राष्ट्रिय उडानहरूमा भने कुनै असर परेको छैन। शुक्रबारका लागि ५६ वटा अन्तर्राष्ट्रिय उडानको तालिका रहेको छ।

आन्तरिक वायुसेवाको तर्फ शुक्रबार ३ सय वटा उडान गर्न ७ वटा वायुसेवाको तालिका तय गरिएको थियो। बिहान ६ बजेदेखि राति १० बजेसम्म आन्तरिक वायुसेवाहरूले नियमित उडान गर्नुपर्ने भए पनि खराब मौसमका कारण यी उडानहरू सुगम रुटमा मात्र सीमित भएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो