2026-09-22 04:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

झण्डै दुई घण्टा होल्ड भएको थाइ एयरवेजको विमान अन्ततः अवतरण गर्न सफल

असोज ११, काठमाडौँ । झण्डै दुई घण्टा आकाशमै होल्ड भएको थाइ एयरवेजको विमान अन्ततः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित रूपमा अवतरण गर्न सफल भएको छ।  विमान अन्ततः २ बजेर २० मिनेटमा अवतरण गर्न सफल भएको छ। अवतरणको प्रयास असफल भएपछि पाइलटले ‘मिस एप्रोच’ गर्दै विमानलाई ‘ओभरसुट’ गरेका थिए। त्यसपछि ललितपुर, मकवानपुर, र बाराको आकाशमा लामो समय बिताउँदै पाइलटले अनुकूल मौसमको पर्खाइमा विमान होल्ड राखेका थिए।

यसैगरी, दिल्लीबाट काठमाडौँ आउँदै गरेको इन्डिगो एयरलाइन्सको विमान पनि लामो समय आकाशमै होल्ड राखेर अवतरण गर्न बाध्य भएको छ। खराब मौसमका कारण घरेलु तथा अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका छन्। कतिपय घरेलु उडानहरू रद्द गरिएका छन् भने केही उडानमा विलम्ब भएको त्रिभुवन विमानस्थल कार्यालयले जानकारी दिएको छ।  अन्तर्राष्ट्रिय उडान भने अधिकांश होल्ड भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो