असोज ११, काठमाडौँ । देशभर पछिल्लो १२ घण्टायता मध्यमदेखि भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौँ उपत्यकासहित अधिकांश स्थानमा भारी वर्षा मापन गरिएको छ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ११, काठमाडौँ । देशभर पछिल्लो १२ घण्टायता मध्यमदेखि भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौँ उपत्यकासहित अधिकांश स्थानमा भारी वर्षा मापन गरिएको छ।

2026-09-22 04:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पछिल्लो १२ घण्टामा सबैभन्दा बढी वर्षा झापा र इलाममा

असोज ११, काठमाडौँ । देशभर पछिल्लो १२ घण्टायता मध्यमदेखि भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौँ उपत्यकासहित अधिकांश स्थानमा भारी वर्षा मापन गरिएको छ।

महाशाखाका मौसमविद् विनु महर्जनका अनुसार कोशी, मधेश, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षा भएको छ। कोशी प्रदेशको झापा, इलामलगायत क्षेत्रमा अति भारी वर्षा भएको विवरण आएको छ। झापाको अनारमणीमा २०३ मिलिमिटर, चन्द्रगढी विमानस्थलमा २६० मिलिमिटर, र इलाममा २४३ मिलिमिटर वर्षा मापन गरिएको छ।
काठमाडौँ उपत्यकामा पनि भारी वर्षा मापन गरिएको छ। कीर्तिपुरमा ८४ मिलिमिटर, बूढानीलकण्ठमा ६५ मिलिमिटर र अन्य स्थानमा ६० मिलिमिटरभन्दा बढी वर्षा मापन भएको छ। ललितपुरको लेलेमा ११५.५ मिलिमिटर र गोदावरीमा ९३.८ मिलिमिटर वर्षा भएको छ।
महाशाखाले दिएको जानकारीअनुसार अहिले सबै प्रदेशमा निरन्तर वर्षा भइरहेको छ र भोलि दिनभर पनि वर्षा जारी रहने सम्भावना छ। निरन्तरको वर्षाका कारण उपत्यकासहित देशभरका मुख्य नदी तथा खोला, विशेषगरी बागमती, विष्णुमती, धोबीखोला, कर्मानासा, र हनुमन्ते खोलामा जलसतह उच्च भएको छ।
जल तथा मौसम विज्ञान विभागले मोबाइल मार्फत सूचना पठाएर नदी तटीय क्षेत्रमा यात्रा गर्ने तथा बसोबास गर्नेहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। बागमती नदी, खोकना, मनोहरा, गौरीघाट, बल्खु खोला, र विष्णुमती गोङ्गबु बसपार्क नजिकका जलमापन केन्द्रहरूले सतर्कता तह पार गरेको र जलसतह बढिरहेको विभागले जनाएको छ।
वर्षा नेपालमा सक्रिय मनसुनी वायु र भारतको उत्तर मध्य महाराष्ट्रमा रहेको न्यून चापीय प्रणालीको कारण भएको महाशाखाले उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो