Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
September 28, 2024 समाज

विपद व्यवस्थापन गर्न महानगरका १७ टोली गरी ३ सय जना नगर प्रहरी परिचालन

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असोज १२, काठमाडौँ । बर्षाले सिर्जना गरेको विपद व्यवस्थापन गर्न नगर प्रहरीका १७ टोली  परिचालन गरिएको छ ।

निरन्तर वर्षाका कारण राजधानी सहर काठमाडौँ सिर्जना भएको विपद व्यवस्थापन गर्न नगर प्रहरीका १७ वटा टोलीमा अधिकृत र जवान गरी ३ सय जना परिचालन गरिएको महानगरले जानकरी दिएको छ । टोलीहरु डुवान भएका वस्ती,  नदी किनारा, रुख ढलेर अवरोध भएको सडकजस्ता जोखिम भएका ठाउँमा जनधनको क्षति न्यूनीकरणका लागि प्रयत्न गरिरहेका छन् ।

वंशीघाट (विश्व निकेतन विद्यालय पछाडि), कुशेश्वर, कपुर धारा, जडिबुटी, टेकु, स्वयम्भू, बसुन्धारा, कपन, शंखमुल, न्युरोड, गणेशस्थानलगायत स्थानको समस्या समाधान भइरहेको छ । स्थानीयले दिएको सूचना, हटलाइन टेलिफोनमा टिपिएका अनुरोधलाई तत्काल सम्बोधन गर्ने प्रयास गरेको महानगरले जनाएको छ ।

जलजन्य विपद (डुबान, कटान, बाढी, पहिरो) को जोखिम भए काठमाडौँ महानगरपालिकाले हट लाइनहरु १६६००१०५५११ वा ११८०, महानगर प्रहरी बलको हटलाइन ९८५१३५६५०९ मा तत्काल सम्पर्क गरेर अवस्थाका बारेमा जानकारी गराउन आग्रह गरेको छ ।

साथै आपतकालीन अवस्थाहरूमा अस्पताल जानु परे निःशुल्क एम्बुलेन्स प्रयोग गर्न १०२ मा फोन गर्न समेत महानगरले आग्रह गरेको छ ।