पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>असोज १२, सिन्धुली । </b>तीन दिन देखिको निरन्तर अविरल बर्षाले सुनकोसी नदीमा आएको बाढीले सिन्धुली रामेछाप जोड्ने खुर्कोटको पक्की पुल बगाएको छ ।<br></p><p>बाढीले गोलन्जोर गाउँपालिका वडा नम्बर ७ स्थित खुर्कोटको तल्लो बजार, खुर्कोट बसपार्क पुर्ण रुपमा डुबाएको प्रहरीले बताएको छ ।</p><p>साथै सुनकोसी नदी लगायत सिन्धुली जिल्लाको विभिन्न खोला र नदी हरुमा आएको बाढीले सिन्धुलीका विभिन्न स्थानहरु डुबानमा रहेकोले सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।</p>

