2026-09-22 04:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

देशभरिका ६० सडकमार्ग अवरुद्ध

असोज १३, काठमाडौँ ।  दुई दिनसम्मको अविरल झरीले देशभरिका सडकमार्गमा क्षति पुर्‍याएको छ।

बाढी र पहिरोका कारण राजधानी काठमाडौं जोड्ने प्रमुख सडकमार्ग अवरुद्ध छन्। त्यसैगरी, देशका पाँच दर्जन सडकमार्गमा अवरोध रहेको सडक विभागले जनाएको छ।

राजधानी काठमाडौं जोड्ने प्रमुख मार्गमा सवारी आवतजावत रोकिएको छ भने सवारीसाधन बाटामै अड्किएका छन्। विभागका अनुसार हेटौंडाबाट काठमाडौं जोड्ने कान्ति राजपथ, अरनिको राजमार्ग, पृथ्वी राजमार्ग, त्रिभुवन राजपथ लगायत प्रमुख सडकमार्ग अवरुद्ध छन्।

विभिन्न स्थानमा पहिरो पन्छाउने काम भइरहेको छ। तर बीपी राजमार्ग लगायत विभिन्न मार्गमा सडकखण्ड नै बाढीले बगाएका कारण बनाउन चुनौतीपूर्ण छ।

काठमाडौंलाई पश्चिम नेपालसँग जोड्ने प्रमुख मार्ग नागढुंगा सडक अन्तर्गत झ्याप्ले खोलामा पहिरो पन्छाउने काम भइरहेको छ।

विभागका अनुसार मेची राजमार्ग, मध्यपहाडी राजमार्ग लगायत पनि बाढी र पहिरोले अवरुद्ध छन्। पहिरो पन्छाउँदा केही राजमार्ग सञ्चालनमा आउन सक्ने भए पनि ठूलो क्षति भएका राजमार्ग सञ्चालन गर्न समय लाग्ने विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो