2026-09-22 03:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पहिरोका कारण एम्बुलेन्स बीच बाटोमै रोकिँदा दुई बिरामीको मृत्यु, तीन दिनदेखि शव एम्बुलेन्समै

असोज १३, काठमाडौँ । सिन्धुलीबाट बिरामी लिएर काठमाडौं जाँदै गरेका एम्बुलेन्सहरू बाढी र पहिरोका कारण बीच सडकमा रोकिंदा दुई बिरामीको मृत्यु भएको छ। सिन्धुली सदरमुकामबाट बिरामी बोकेर काठमाडौं तर्फ गएका पाँच एम्बुलेन्समध्ये दुईवटाका बिरामीले उपचारको अभावमा ज्यान गुमाएका हुन्।

सिन्धुलीको सुनकोसी गाउँपालिका–१, दुम्जा नजिकै बिपी राजमार्ग बाढी र पहिरोका कारण अवरुद्ध भएपछि एम्बुलेन्सहरू बिहीवारदेखि नै बीच बाटोमा रोकिएका थिए। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार, ती बिरामीमध्ये सिन्धुलीको कमलामाई नगरपालिका–४ मल्लागाउँ निवासी करिब ९५ वर्षकी वृद्धा टीका कुमारी भुजेल र महोत्तरीको बर्दिवास नगरपालिका–८ निवासी ४५ वर्षीय मानबहादुर सिंजालीको मृत्यु भएको हो।

प्रहरीका प्रवक्ता डिएसपी अनिलकुमार खड्काले जानकारी दिए अनुसार, टीका कुमारी भुजेलको शुक्रबार र मानबहादुर सिंजालीको शनिबार बिहान एम्बुलेन्समै मृत्यु भएको हो। भुजेललाई रगतको कमी र दमको समस्या भएका कारण थप उपचारका लागि सिन्धुली अस्पतालबाट काठमाडौं लगिंदै थियो भने सिंजाली मृगौला पीडित थिए र उनलाई महोत्तरीको बर्दिवासबाट काठमाडौं लगिँदै थियो।

तीन दिनदेखि अलपत्र

बिपी राजमार्ग अवरुद्ध हुँदा एम्बुलेन्सका अन्य बिरामीहरूको स्वास्थ्य अवस्था पनि दिनप्रतिदिन नाजुक बन्दै गएको छ। एम्बुलेन्सका चालक सुमन तामाङका अनुसार, पहिरोले बाटो अवरुद्ध भएपछि एम्बुलेन्सहरू बीचबाटोमै फसेका थिए, जसले गर्दा तीन दिनसम्म बिरामीको उपचार हुन नसकेर ज्यान गुमाउनुपरेको हो। मृत्यु भएका बिरामीका शवहरू लामो समयसम्म एम्बुलेन्समै रहँदा गनाउन थालेको उनले बताए।

“शव निकाल्न सकिएको छैन। बिरामीको त मृत्यु भयो, अब हामी आफैं पनि भोकप्यासले मर्ने डर छ,” तामाङले भने। त्यस्तै, अर्का एम्बुलेन्स चालक उमेश आलेका अनुसार, एम्बुलेन्सका बिरामीहरूलाई समयमा अस्पताल पुर्‍याउन नसक्दा उनीहरूले ज्यान गुमाउनुपरेको छ। “पहिरोको जोखिममा पर्‍यौं। हामी बाँच्यौं, तर बिरामीलाई बचाउन सकेनौं,” आलेले बताए।

बाढी र पहिरोले बिपी राजमार्गका दर्जनौं स्थानमा क्षति पुर्‍याउँदा एम्बुलेन्ससहित राजधानी जाने र फर्कने सयौं गाडीहरू पनि तीन दिनदेखि अलपत्र परेका छन्। नजिकका होटलहरू पनि बाढीले क्षति पुर्‍याउँदा यात्रुहरूले खाना र पानी पाउनसमेत कठिनाइ भोगिरहेको गाडी चालकहरूले बताए।

यात्रुहरूले अहिलेसम्म कुनै पनि उद्धारकार्य नभएको गुनासो गरेका छन्। “बिरामीहरूको हेलिकोप्टरबाट उद्धार भएको भए बचाउन सकिन्थ्यो होला, तर समयमा उपचार नपाउँदा उनीहरूको ज्यान गयो,” चालक तामाङले भने।

स्थानीय प्रशासनका अनुसार, आइतबार बिहानदेखि वर्षा कम भएकाले पहिरो पन्छाउने र नदीले कटान गरेका सडकका डाइभर्सनहरू बनाउन सुरु गरिएको छ। तर, सडक सुचारु हुन अझै केही दिन लाग्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो