Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २५ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

झ्याप्ले खोला पहिरो: गुल्मीका दुई परिवारका ६ जना सहित ३० जनाको मृत्यु (अपडेट)

२०८१, १३ आश्विन आईतवार ०७:४४

असोज १३, काठमाडौँ । शुक्रबार राति लेदोसहित झरेको पहिरोले पृथ्वी राजमार्ग अन्तर्गत धुनीबेंसी नगरपालिका–९ स्थित झ्याप्ले खोलामा सवारीसाधन पुरिँदा अहिलेसम्म ३० जनाको मृत्यु भएको छ। उद्धारकार्य जारी रहँदा गुल्मीका दुई परिवारका ६ जनासहित ठूलो संख्यामा यात्रुहरूले ज्यान गुमाएका छन्।

उद्धार टोलीले शनिबार १४ जनाको शव फेला पारेपछि आइतबार पनि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त रूपमा उद्धार कार्यलाई तीव्रता दिँदै थप १६ जनाको शव निकाल्न सफल भएका छन्। पहिरोले माइक्रोबस, विङ्गर र अन्य चारवटा सवारीसाधनलाई पुरेको पुष्टि भएको छ।


विशेष गरी गुल्मीका दुई परिवारका ६ जनाको ज्यान गएको खुल्न आएको छ। गुल्मी गाउँपालिका–६ र गुल्मीदरवार गाउँपालिकाका एकै परिवारका तीन–तीन जनाले ज्यान गुमाएका छन्। मृतकमध्ये प्रमिता भुसाल रायमाझीको पहिचान भएको छ।

झ्याप्ले खोलामा पुरिएको लु १ ज ४५७८ नम्बरको विङ्गर बुटवलबाट काठमाडौं जाँदै थियो, जसमा गुल्मीका दुई परिवार सवार थिए। गोरखाबाट छुटेको दरौँदी यातायातको ना ४ ख २२७० नम्बरको नवदुर्गा यातायातको बस र चितवन–काठमाडौं रूटमा चल्ने बा २ ख १३४५ नम्बरको माइक्रोबस पनि पहिरोमा परेको छ।

डोजरको प्रयोग गरी पहिरो पन्छाउने र शव निकाल्ने काम भइरहेको छ। पृथ्वी राजमार्ग अवरुद्ध हुँदा यातायात ठप्प भएको छ भने उद्धारकार्यलाई सावधानीपूर्वक अघि बढाइएको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षमा डिकबहादुर खत्री निर्वाचित वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै