2026-09-22 03:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सन्दीप लामिछानेको अमेरिकी भिसा अझै अन्योलमा, एक महिनादेखि विचाराधीन

असोज १४, काठमाडौँ । नेपाली क्रिकेट टोली हाल टी-२० त्रिकोणात्मक सिरिजमा क्यानाडामा खेलिरहेको छ, तर टीमका प्रमुख स्पिनर सन्दीप लामिछानेको आगामी अमेरिकामा हुने विश्वकप लिग २ खेलहरूमा सहभागिता अन्योलमा परेको छ। अमेरिकाको दूतावासले सन्दीपलाई अहिलेसम्म भिसा उपलब्ध गराएको छैन, जसका कारण उनको उपस्थितिलाई लिएर चिन्ता बढेको छ।

सन्दीपले क्यानाडा प्रस्थान गर्नु केही दिनअघि नै अमेरिकी भिसाका लागि आवेदन दिएका थिए, जहाँ अन्य खेलाडीहरूले तीन महिनाको भिसा पाए पनि उनलाई अझै भिसा दिइएको छैन। दूतावासले अन्तर्वार्ता लिई सके पनि पासपोर्ट फिर्ता गर्दै भिसा प्रक्रिया अझै जारी रहेको जनाएको छ।

नेपाल क्रिकेट संघ (क्यान) का एक स्रोतका अनुसार, दूतावासबाट केही सकारात्मक संकेत आएको छ, र भिसाको टुंगो अब एक-दुई दिनमा लाग्न सक्ने अपेक्षा गरिएको छ। “भिसाका लागि आवश्यक प्रक्रिया भइरहेछ। दूतावासबाट ग्रीन सिग्नल आएको छ,” स्रोतले बतायो।

नेपालको लागि अत्यन्तै महत्वपूर्ण मानिएको विश्वकप लिग २ को खेलहरूमा नेपालले अमेरिकाको घरेलु टीमसँग दुई खेल र अर्को बलियो प्रतिद्वन्द्वी स्कटल्याण्डसँग दुई खेल खेल्ने तालिका छ। क्यानको प्रवक्ता छुम्बी लामाका अनुसार, नेपालले अक्टोबर ८ वा ९ तारिखमा अमेरिका प्रस्थान गर्ने योजना बनाएको छ, र त्यतिन्जेलसम्म सन्दीपले भिसा प्राप्त गर्ने आशा गरिएको छ।

क्यानाडामा नेपालले आफ्नो अन्तिम टी-२० खेल अक्टोबर २ तारिखमा घरेलु टीमविरुद्ध खेल्ने छ, जसपछि अमेरिकामा हुने खेलहरूको तयारी हुनेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो