Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media
October 1, 2024 समाज

इजरायलले विभागलाई पठायो केयर गिभरमा लक्की ड्र मार्फत भएका २११२ जनाको सूची, ९० जनाको नाम हटाइयो

By साझासवाल

असोज १४,  काठमाडौँ । इजरायलले लक्की ड्र मार्फत केयर गिभरका लागि छनौट भएका नेपालीहरूको सूची वैदेशिक रोजगार विभागलाई पठाएको छ। असोज १३ गते इजरायलस्थित पिवाले १,१५६ महिला र ९५६ पुरुष गरी २,११२ जनाको नाम विभागलाई पठाएको हो।

पिवाले मेलमार्फत पासपोर्ट नम्बर, नाम, थर, रजिस्ट्रेसन नम्बर र रन नम्बरका आधारमा नतिजा पठाएको थियो। वैदेशिक रोजगार विभागले पिवाबाट प्राप्त जानकारीको आधारमा छनौट भएका उम्मेदवारहरूको नाम सार्वजनिक गर्ने निर्णय गरेको छ। अब छनौट भएका उम्मेदवारहरूले स्वास्थ्य परीक्षण लगायतका प्रक्रियाहरू पूरा गर्नुपर्नेछ।

यसअघि पिवाले २९ अगस्टमा लक्की ड्र गरी १,१९६ महिला र १,००६ पुरुष गरी २,२०२ जनालाई छनोट गरेको थियो। तर, केहीको सर्टिफिकेटमा कैफियत देखिएको भन्दै ९० जनाको नाम सूचीबाट हटाइएको थियो।

नेपाल र इजरायल सरकारबीच भएको श्रम सम्झौताअनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा कामदार पठाउन गत असार ११ गते वैदेशिक रोजगार विभागले आवेदन आह्वान गरेको थियो।