Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
October 1, 2024 समाज

होटेल एभरेष्ट र बसेरालाई तीन–तीन लाख जरिवाना

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असोज १५,  काठमाडौँ । होटेल एभरेष्ट र बुटिक होटेल बसेरालाई तीन–तीन लाख रुपैयाँ जरिवाना तिराइएको छ ।

एभरेष्ट होटेलको अनुगमनका क्रममा किचनमा मिति गुज्रेका सामान फेला परेको र बबरमहलस्थित बसेरा होटेलको अनुगमन गर्दा अधिकतम खुद्रा मूल्य(एमआरपी) भन्दा बढी मूल्यमा पानी बिक्री गरिरहेको भेटिएसँगै नगद जरिवाना तिराइएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलले जानकारी दिए । दुवै होटेलले उपभोक्ता हित विपरीत व्यवसाय गरिरहेको भेटिएको उनको भनाई छ ।

चाडबाड नजिकिएसँगै अनुगमन बढाएको छ । केही दिनअघि मात्रै होटेल संघ नेपाल(हान)ले विभागबाट होटेलमा अनुगमन नहुने सहमति भएको ब्यहोराको परिपत्र मातहतका होटेलमा पठाएसँगै नागरिक स्तरबाट भएको चर्को आलोचना पछि मन्त्रालय र विभागले त्यसको खण्डन गरेको थियो । र, अनुगमनलाई तीव्रता दिने जनाएको थियो ।